ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रमलाई आज अन्तिम रुप दिने कार्यदलको तयारी


एबीसी न्यूज
२ चैत्र २०८०, शुक्रबार   १ : १४   बजे

काठमाडौं २ चैत । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ ।

त्यसका लागि आज बिहान नौ बजे कार्यदलको बैठक अर्थ मन्त्रालयमा बस्दै छ ।

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक विहीबार पनि बसेको थियो । सो बैठकपछि कार्यदल सदस्यहरुले नीति तथा कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिने बताएका थिए ।

कार्यदलका एक सदस्य एवम् एकीकृत समाजवादीका नेता प्रमेश हमालले विहीबारको बैठकमा कार्यदलको मस्यौदाको ड्राफ्ट सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको र शुक्रबार थप सुझावसहित अन्तिमा रुप दिने बताएका छन् । त्यसपछि शीर्ष तहमा पेस हुने र उनीहरुको निर्देशन अनुसार आवश्यक संशोधन हुन सक्ने नेताहरुको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गत फागुन २७ गते सत्ता गठबन्धनका दलहरुले १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबाट २÷२ जना सदस्यहरु छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu