ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक वित्त घाटा घट्दो


एबीसी न्यूज
२ चैत्र २०८०, शुक्रबार   १ : ३८   बजे

काठमाडौं २ चैत । राजस्व प्राप्तिमा देखिन थालेको सुधार र खर्चको वृद्धिदर घट्दा सार्वजनिक वित्त घाटा विगतको तुलनामा साँघुरिएको छ । वित्त घाटा साँघुरिँदा सरकारको आम्दानी र खर्चमा विद्यमान असन्तुलन कम हुँदै गएको देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिना ९फागुन० सम्म सार्वजनिक वित्त एक खर्ब ३७ अर्ब ७४ करोड रुपियाँले घाटामा छ । जबकि गत आवको सोही अवधिसम्म ९२०७९ फागुन० एक खर्ब ५६ अर्ब ४४ करोड रुपियाँले घाटामा थियो । एक वर्षको यो अवधिमा वित्त घाटा १८ अर्ब ७० करोड रुपियाँले कम भएको हो ।

राजस्व सङ्कलन नै सङ्कुचनमा परेको विगतको अवस्थाबाट नौ प्रतिशतमाथिको वृद्धिदर हासिल हुँदा वित्त घाटा सन्तुलनमा राहत पुगेको कार्यालयको तथ्याङ्कले देखाउँछ । अर्कोतिर स्रोतको दबाबका कारण प्रदेश र स्थानीय तहमा जाने समानीकरण अनुदान कटौतीका कारण खर्च वित्तीय सन्तुलनको खाडल साँघुरिएको देखिन्छ ।

कार्यालयका अनुसार चालु आवको फागुनसम्म सरकारको कुल आम्दानी ऋणबाहेक० छ खर्ब ६३ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । गत वर्ष सोही महिनासम्म सरकारको आम्दानी छ खर्ब २२ अर्ब ७८ करोड रुपियाँ थियो । यस हिसाबले सरकारको आम्दानी ३० अर्ब रुपियाँभन्दा बढीले बढेको देखिन्छ । राजस्व सङ्कलनमा देखिएको सुधारले सरकारको आम्दानी विस्तारमा सहयोग पु¥याएको छ ।

गत वर्ष फागुनसम्म पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपियाँ राजस्व ९गैरकरसमेत० सङ्कलन गरेको सरकारले यस वर्ष राजस्व बढाएर फागुनसम्म छ खर्ब ३९ अर्ब रुपियाँ पु¥याएको छ । राजस्वबाहेक समीक्षा महिनासम्म सरकारले दुई अर्ब ७५ करोड रुपियाँ अनुदान र २२ अर्ब दुई करोड रुपियाँ अन्य प्राप्ति गरेको छ ।

समग्र आम्दानी सुध्रिँदा सरकारको खर्चको वृद्धिदर विगतको तुलनामा घटेको छ । गत वर्ष फागुनसम्म सात खर्ब ७९ अर्ब २३ करोड रुपियाँ खर्च गरेको सरकारको खर्च यस वर्ष २२ अर्ब रुपियाँले मात्र बढेर आठ खर्ब एक अर्ब रुपियाँ पुगेको छ । विगतको तुलनामा चालु खर्च घट्दा सरकारको खर्चको वृद्धिदर घटेको देखिन्छ । फागुनसम्म सरकारले पाँच खर्ब ८२ अर्ब १० करोड रुपियाँ चालु खर्च गरेको छ जबकि गत फागुनमा सरकारले छ खर्ब आठ अर्ब ८४ करोड रुपियाँ चालु खर्च गरेको थियो ।

यसबाहेक फागुनसम्म सरकारले ८१ अर्ब १२ करोड रुपियाँ पुँजीगत खर्च गरेको छ । ऋण भुक्तानीका लागि उपयोग हुने वित्तीय व्यवस्थातर्फको खर्चमा एक खर्ब ३८ अर्ब रुपियाँ भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । बढ्दो सार्वजनिक ऋणका कारण चालु बजेटमा पुँजीगत खर्चभन्दा बढी रकम वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो । यस्तो खर्च गत वर्ष फागुनसम्म ८६ अर्ब १२ करोड रुपियाँ मात्र थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu