ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले सुन तस्करी प्रकरण आयोगको प्रतिवेदन कार्यान्वयन गर्न बोलाए मन्त्रिपरिषद्


एबीसी न्यूज
२ चैत्र २०८०, शुक्रबार   २ : २३   बजे

काठमाडौं २ चैत । सुन तस्करी प्रहरणमा उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक डाकेका छन्।

सुनको अवैध पैठारी तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफलका लागि प्रचण्डले शुक्रबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफलपछि मन्त्रिपरिषद् बोलाइएको हो।

 

यो बैठकले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनअनुसार कारबाही अघि बढाउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिने तयारी प्रधानमन्त्रीले गरेका छन्।

पुनरावेदन अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बिहीबार गृहमन्त्री लामिछानेलाई बुझाएको थियो। त्यही प्रतिवेदन लिएर गृहमन्त्री लामिछाने शुक्रबार बालुवाटार पुगेका थिए।

जाँचबुझ आयोगको प्रतिवेदनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० प्रमुख किरण बज्राचार्यसहितमाथि कारबाही चलाउनुपर्ने निष्कर्ष दिएको छ।

चीनबाट ल्याएर विमानस्थल भन्सार छल्दै बाहिर निकालिसकिएको ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको कुरा प्रतिवेदनमा उल्लेख रहेको गृहमन्त्री लामिछानेले नै बताइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group