ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवा, गिट्टी निकाल्न बन्द गराएपछि क्रसर उद्योगका मजदुर प्रदर्शनमा


एबीसी न्यूज
४ चैत्र २०८०, आइतबार   १ : १९   बजे

काठमाडौं ४ चैत । धनुषाको मिथिला नगरपालिकाको कार्यालय अगाडि क्रसर उद्योगका मजदुर, ट्याक्टर धनी र ट्याक्टरमा काम गर्ने मजदुरहरुले प्रदर्शन गरेका छन् ।

नगरपालिकाले क्रसर उद्योग र नदीजन्य पदार्थको उत्खनन बन्द गराएपछि आफूहरु बेरोजगार बनेकाले काम गर्ने वातावरण बनाइदिन माग गर्दै कार्यालय अगाडि ट्याक्टर जम्मा गरेर आइतबार उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

विरोध प्रदर्शनको नेतृत्व गरिरहेका हरिदेव महतोले नगरपालिकाले क्रसर उद्योग र नदीनालाबाट बालुवा, गिट्टी निकाल्न बन्द गराएपछि त्यसमा आश्रित मजदुर र बैङ्कलाई ट्याक्टरको किस्ता बुझाउन नसकेर ट्याक्टर धनी मारमा परेको बताउनुभयो ।

उहाँले पाँच सयभन्दा बढी मजदुर र सयौं ट्याक्टर काम नपाएर थन्किएको जानकारी दिनुभयो ।

नगपालिका अन्तर्गत रहेको नदीनाला ठेक्का नलगाउनु नगरपालिकाको गल्ती भएको भन्दै यथाशीघ्र नदीनाला ठेक्कामा लगाउन र क्रसर उद्योग सञ्चालनका लागि सहज वातावरण निर्माण गरिदिन आफूहरुको माग उहाँको भनाइ छ ।

हरिदेव यसअघि नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोलाई दुई पटक ज्ञापनपत्र बुझाएको बताउँदै कुनै निकास नदिएसम्म यहाँबाट नफर्कने बताउनुभयो ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले आन्तरिक समस्याका कारण यस वर्ष खोला ठेक्कामा लाग्न नसकेको बताउँदै कार्यपालिका समितिको निर्णयअनुसार स्थानीय तहमा दर्ता नभएको, नवीकरण नगरेको र राजस्वसमेत नबुझाएका क्रसर उद्योगहरु बन्द गराएको बताउनुभयो ।

उहाँले केही तत्वको उक्साहटमा ट्याक्टर धनी र मजदुर विरोधमा उत्रेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu