ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिम वाग्ले- भन्सारलाई राजस्व संकलनको होइन, उद्योग–व्यापार प्रवर्धनको केन्द्र बनाऊँ


एबीसी न्यूज
६ चैत्र २०८०, मंगलबार   ४ : १९   बजे

काठमाडौं ६ चैत । सांसद् डा.स्वर्णिम वाग्लेले भन्सारलाई राजस्व संकलनको केन्द्र होइन, उद्योग व्यापार प्रवर्धन गर्ने थलो बनाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधिसभामा भन्सार विधेयकका विषयमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘कस्ता स्वदेशी उद्योगको प्रवर्धन गर्ने र कस्ता विदेशी वस्तुको आयातलाई नियमन र नियन्त्रण गर्ने भन्ने विषय फरक फरक हुन्,’ उनले भने, ‘राजस्व संकलन केन्द्रका रुपमा रहेको भन्सारको मान्यतामा परिवर्तन आवश्यक छ ।’

नेपालले विश्वसमुदायमा गरेको प्रतिबद्धताअनुरुप यो भन्सार ऐन पहिल्यै आउनुपर्नेमा अहिले बल्ल आएको उनले बताए ।

‘अन्तर्राष्ट्रिय सम्झौताहरुमा उल्लेख भएअनुसारका व्यवस्था कार्यान्वयन हुन सकेको अवस्थामा व्यापारजन्य लागत १५ देखि २० प्रतिशत घट्ने र व्यापारको आकार पनि बढ्छ भन्ने अध्ययनहरुले देखाएका छन्,’ उनले भने, ‘तर, नेपालमा भन्सार बदनाम छ । मालदार अड्डाका रुपमा चिनिन्छ । सेटिङ, चुहावट, तस्करी, करछली, अवैध व्यापारको पर्याय नै बनेको छ ।’

त्यसो हुँदा महासन्धिहरुमा भएको सैद्धान्तिक अवधारणा र भन्सारमा हुने यथार्थ क्रियाकलापबीचको तादात्म्य मिलाउनुपर्ने उनले बताए । उद्योगी व्यवसायीहरु हैरान हुने, उपभोक्ताहरु सास्तीमा फस्ने विषयलाई निराकरण गर्ने गरी संशोधनमा जानुपर्ने उनले बताए ।

‘डिजिटलाइसेलनको भरपूर उपयोग गरेर भन्सार नाकाहरुलाई ‘आइल्यान्ड अफ एक्सिलेन्स’ ९उत्कृष्टताको टापु०कै रुपमा अघि बढाउनुपर्ने हुन्छ’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu