ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ महिनामा एक खर्बको निर्यात


एबीसी न्यूज
७ चैत्र २०८०, बुधबार   १ : १४   बजे

काठमाडौं ७ चैत । नेपालले आठ महिनामा ९साउनदेखि फागुनसम्म० एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो ।

फागुनसम्म नेपालले सबैभन्दा धेरै करिब सात अर्ब रुपियाँको गलैँचा निर्यात गरेको छ । त्यसपछि पाँच अर्ब १७ करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । फलामे छड निर्यातमा प्राप्त हुने नगद अनुदान बढाइँदा त्यसको निर्यात पनि उल्लेख्य बढेको देखिन्छ ।

विभागका अनुसार फागुनसम्म चार अर्ब ८३ करोड रुपियाँ फलामे छड निर्यात भएको छ । कुनै समय सबैभन्दा धेरै निर्यात हुने वस्तुको शीर्ष स्थानमा परेको प्रशोधित पाम तेल यस पटक भने चार अर्ब सात करोड रुपियाँको मात्र निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । सबैभन्दा धेरै निर्यात हुने वस्तुको पाँचौँ स्थानमा जुस पनि परेको छस जुन तीन अर्ब ७७ करोड रुपियाँको निर्यात भएको छ ।

दस खर्ब नाघ्यो आयात

फागुनसम्म नेपालले दस खर्ब रुपियाँको वस्तु आयात गरेको छ । विभागका अनुसार समीक्षा महिनासम्म दस खर्ब ३० अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको होस जुन अघिल्लो फागुनसम्मको तुलनामा २।६६ प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले दस खर्ब ५८ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको थियो ।

यसबिचमा नेपालले सबैभन्दा धेरै ८८ अर्ब ८८ करोड रुपियाँको डिजल आयात गरेको छ भने त्यसपछि ४४ अर्ब ६३ करोड रुपियाँको पेट्रोल आयात भएको देखिन्छ । तेस्रो स्थानमा रहेको एलपी ग्यास मात्रै ३५ अर्ब ८७ करोड रुपियाँको आयात भएको तथ्याङ्क छ । त्यस्तै २५ अर्ब ९१ करोड रुपियाँको कच्चा फलाम आयात भएको छ । यसबिचमा नेपालले १९ अर्ब ३७ करोड रुपियाँको स्मार्टफोन पनि आयात गरेको छ । आयातको तुलनामा न्यून मात्र निर्यात हुँदा आठ महिनासम्म मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब रुपियाँ पुगेको छस जुन गत वर्षको सोही अवधिको तुलनामा २।५२ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै भारतबाट छ खर्ब ३८ अर्ब १७ करोड रुपियाँको वस्तु आयात गरेको छ भने त्यतातर्फ ६८ अर्ब ५१ करोड रुपियाँको निर्यात गरेको छ । त्यस्तै अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ९४ अर्ब रुपियाँको आयात हुँदा एक अर्ब ९५ करोड रुपियाँ बराबरको निर्यात भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu