ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी जग्गामा स्थानीय तहबाट नियमन हुनेगरी व्यवस्था हुँदैछ- मन्त्री साह


एबीसी न्यूज
७ चैत्र २०८०, बुधबार   १ : ५५   बजे

काठमाडौं ७ चैत । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले मध्यवर्ती क्षेत्रको भूभागलाई मध्यवर्तीको सार्वजनिक जग्गा र मध्यवर्तीको निजी जग्गागरी तीन प्रकारमा विभाजन गर्नेगरी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मध्यवर्ती क्षेत्रका निजी क्षेत्रमा जग्गाधनीको भोगाधिकार सुनिश्चित गर्ने सम्बन्धमा प्रस्तावित नयाँ मध्यवर्ती क्षेत्र नियमावलीको मस्यौदा मध्यवर्ती क्षेत्रको भूभागलाई मध्यवर्तीको सार्वजनिक जग्गा र मध्यवर्तीको निजी जग्गागरी तीन प्रकारमा विभाजन गर्नेगरी व्यवस्था गर्न लागेको उहाँको भनाइ छ । उहाँले मध्यवर्तीका सार्वजनिक जग्गा र निजी जग्गामा निकुञ्ज आरक्ष कार्यालयभन्दा स्थानीय तहबाट नियमन हुनेगरी व्यवस्था गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा हालसम्म पाँच पटक संशोधन गरिसकिएको छ । नयाँ संविधान जारी भइसकेपछि प्रदेश तथा स्थानीय तहका अधिकार, जिम्मेवारी तथा चासो समेत समेट्नेगरी ऐनको सामुहिक संशोधन तथा नयाँ ऐन जारी गर्ने विषय प्रासंगिक छ । समितिले उठाएका कतिपय बुँदाहरु नयाँ मस्यौदा हुँदैगरेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र नियमावली र मध्यवर्ती क्षेत्र नियमावलीमा समेट्ने देखिन्छ ।’

नियमावलीमा समेट्न नसक्ने कानुनका सारवान विषयहरु ऐनको संशोधन वा नयाँ ऐन जारीगरी सम्बोधन गर्न सकिने उहाँले बताउनुभयो । मध्यवर्ती क्षेत्रका निजी क्षेत्रमा जग्गाधनीको भोगाधिकार सुनिश्चित गर्ने सम्बन्धमा प्रस्तावित नयाँ मध्यावर्ती क्षेत्र नियमावलीको मस्यौदा मध्यवर्ती क्षेत्रको भूभागलाई मध्यवर्तीको सार्वजनिक जग्गा र मध्यवर्तीको निजी जग्गागरी तीन प्रकारमा विभाजन गर्नेगरी व्यवस्था भइरहेको उहाँले बताउनुभयो । मध्यवर्तीका सार्वजनिक जग्गा र निजी जग्गामा निकुञ्ज आरक्ष कार्यालयभन्दा स्थानीय तहबाट नियमन हुनेगरी व्यवस्था गरिने उहाँको भनाइ छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहतमा सुकुम्वासीले राहत नपाउँदा मर्कामा क्षतिपूर्ति रकम कम भएको हिमली भेग र अन्य भागमा एउटै मापदण्ड हुन नहुने र राहत बिमाबाट हुनुपर्ने सुझावमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । राहतलाई तेस्रो पक्षको राहतमार्फत वितरण गर्नेगरी निर्देशिका संशोधन गरिरहेको बताउनुभयो ।

निकुञ्ज तथा आरक्षको मुल मर्म कायम गर्दै निकुञ्ज आरक्षभित्रका अति संवेदनशील क्षेत्र बाहेक अन्य स्थानमा उपयुक्त वातावरणीय सुरक्षा र वन्यजन्तुमैत्री पूर्वाधार समेत अवलम्वन गरी जनतालाई आवश्यक पूर्वाधार र सेवा सुविधा प्रदान गर्न मन्त्रालय सकारात्मक रहेको बतउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu