ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफैंले पालेको खसी काटेर चोखिन खोजेको त होइन? महरा पक्राउबारे- बाबुराम भट्टराई


एबीसी न्यूज
७ चैत्र २०८०, बुधबार   ४ : १०   बजे

काठमाडौं ७ चैत । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशंका गरेका छन् ।

पार्टी बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबैमाथि छानबिन गरेर कारबाही गर्नसक्ने उच्चस्तरीय अंग बन्नुपर्ने बताए ।

‘यहाँ त के छ भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ’, महरा पक्राउबारे सोधिएको प्रश्नमा उनले भने, ‘आफ्नालाई चोख्याउने, अरुलाई फसाउने गरेर त के हो के हो रु’

साना माछा, ठूला माछा भन्ने पनि रहेको भन्दै भट्टराईले ठूला माछा संरक्षणका लागि साना माछा फसाइएको पनि हुनसक्ने आशंका गरे ।

‘मलाई यतिबेला के सम्झना आउँछ भने पञ्चायतकालमा राजाकै एडीसी र तत्कालीन प्रहरी प्रमुख पनि समातिएका थिए’ त्यसबेला पत्रकारितामा समेत रुची राख्ने आफूले राजेश्वर देवकोटालाई यसबारे के भन्नुहुन्छ भन्ने सोधेको भन्दै उनले भने, ‘उहाँले बााबु, आफूले पालेको खसी काट्नु कुन ठूलो कुरा भयो र भन्नुभयो । अहिले पनि आफैंले पालेको खसी काटेर चोखिन खोजेको त होइनन् भन्ने आशंका जनतामा छ ।’

सुन जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी उपाध्यक्ष महरामाथि छानबिन गर्न सिफारिस गरेको थियो । आयोगले प्रतिवेदन बुझाएको केही दिनपछि सोमबार महरा पक्राउ परेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group