ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रीय सदस्य शर्माले गरे पार्टी परित्याग


एबीसी न्यूज
८ चैत्र २०८०, बिहिबार   १ : ०२   बजे

काठमाडौं ८ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । पार्टीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

‘पार्टी एक प्रकारले गुटहरूको महासंघजस्तो भयो । नेताहरूलाई आफू निकटलाई मात्रै जिम्मेवारी दिने र अरूलाई पाखा लगाउने प्रवृत्ति बढेपछि मैले त्यो पार्टीमा बसेर हुँदैन भन्ने निष्कर्ष निकालेको छु’, शर्माले अनलाइखबरसँग भने, ‘यस विषयमा मैले पार्टी अध्यक्षलगायत जिम्मेवारी पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको थिएँ । तर भेटमा उहाँहरू तपाईंले उठाएको कुरा गम्भीर हो भन्छन्, छुटेपछि बिर्सिन्छन् । यहाँ बस्नु समय बर्बाद गर्नु मात्रै हो भन्ने लागेपछि मैले पार्टी छाड्ने निर्णय गरेको हुँ ।’

शर्माले अब के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको, तर राजनीतिमा नै रहने बताए । त्यसका लागि तराई मधेशका एजेन्डा बोक्ने राजनीतिक दलसँग सहकार्य गर्ने र आफ्नो भूमिका स्पष्ट भएपछि नयाँ वर्षअघि नै निर्णय लिने उनको भनाइ छ ।

आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘अन्तिम समयमा गत २८ फागुनमा मैले अध्यक्ष कमरेडसँग लामो समय बसेर समस्याबारे छलफल गरेँ । उहाँले निकै गम्भीर भएको जस्तो गर्नुभयो’, उनले भने, ‘तर त्यसपछि कार्यविभाजन गर्दा पुरानै समस्या दोहार्याउनु भयो ।’
उनले आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएर नाम मात्रैको नेता बनाएको उनको भनाइ छ । साथै, मधेसमा जिम्मेवारी पाएर आउने हरेक नेताले गुटलाई मात्रै केन्द्रमा राख्ने गरेको र वास्तविक समस्यालाई सुन्ने नचाहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu