ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी’


एबीसी न्यूज
८ चैत्र २०८०, बिहिबार   २ : ३८   बजे

काठमाडौं ८ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागको आयोजना तथा अमेरिकी सहयोग नियोग ९युएसएआडी० तथा ‘इन्स्टिच्युट अफ हिमालय रिस्करिडक्सन’को सहकार्यमा आज यहाँ आयोजित ‘पूर्वसूचना प्रणालीसम्बन्धी सिकाइ आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उहाँले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो ।

बाढीपहिरोलगायत मनसुनजन्य घटना दिनप्रतिदिन बढिरहेको भन्दै मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीको विकासमार्फत विपद् व्यवस्थापन गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण मनसुनजन्य विपद्का घटना बढिरहेकाले कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ ।

“जलवायु परिवर्तन गराउन नेपालजस्ता विकासोन्मुख मुलुकको नगन्य भूमिका हुन्छ । धनी र औद्योगिक मुलुकका कारण हामीले जलवायु परिवर्तनको जोखिम भाग्नुपरेको अवस्था छ”, मन्त्री बस्नेतले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभावका कारण बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढिरहेका छन् । अब कसरी समाधान वा कम गर्न सकिन्छ रु भन्ने विषयमा एउटा निष्कर्ष निकालेर अगाडि बढ्न जरुरी छ ।”

मनसुनजन्य गतिविधि, त्यसको प्रभावको अध्यायन तथा अवलोकन गर्ने, सम्भावित जोखिमका विषयमा पूर्वानुमान गर्ने र सुरक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पूर्वसूचना प्रणालीलाई सबै जनताको पहुँचमा पु¥याउन सकेमा बाढीपहिरोलगायत घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

“विपद्जन्य घटना, बाढीपहिराका कारण बर्सेनि सयौँको ज्यान गइरहेको छ भने भौतिक क्षति पनि भइरहेको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “पूर्वसूचना प्रणालीलाई व्यवस्थित गरेर सबैको पहुँचमा पु¥याउन सके सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ । यस कार्यशाला गोष्ठीमा पूर्वसूचना प्रणालीको सिकाइ आदानप्रदान गरेर थप व्यवस्थित गर्न सकियोस् ।” आगामी दिनमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ नयाँ आयाम थपिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि नेपालले न्यूनीकारणका कार्यक्रमभन्दा जलवायुका अनुकूलनका कार्यक्रमलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले मनसुनजन्य विपत्तिका कारण मलुककै अर्थतन्त्र प्रणालीमा असर गर्नसक्ने भन्दै क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो । “बाढीपहिरोलगायत विपद्का कारण बर्सेनि समस्या उत्पन्न भइरहेको छ । जनधनको क्षतिका साथै पूर्वाधार, पर्यटन, कृषि, जैविक विविधताको क्षेत्रमा असर पुगेको छ”, उहाँले भन्नुभयो, “समयमा नै मनसनुजन्य घटनाको पूर्वसूचना दिनसके सम्भावित क्षति कम गर्न सकिन्छ ।”

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले विपद्का घटना न्यूनीकरण प्रभावकारीरुपमा अगाडि बढाउन पूर्वसूचना प्रणाली जरुरी रहेको बताउनुभयो । “पूर्वसूचना प्रणालीका लागि १ अमेरिकी डलर खर्च गर्न सक्यौँ भने बाढी पहिरोबाट १० अमेरिकी डलर बचाउन सकिन्छ”, उहाँले भन्नुभयो, “पूर्वसूचनाबाट सर्वसाधारणलाई फाइदा पुग्नेगरी काम गर्न सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छौँ ।”

राष्ट्रिय जोखिम न्यूनीकरण तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पछिल्लो समय बाढीका कारण जलविद्युत् आयोजना तथा पूर्वाधारमा क्षति पुग्दा मुलुकको अर्थतन्त्रमा असर गरेकाले क्षति न्यूनीकरणबारे ठोस योजना बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “मनसुनजन्य जोखिम बढी भएको अन्य क्षेत्रमा पनि पूर्वसूचना प्रणालीको विकास गरेर अगाडि बढ्न जरुरी छ । सबै सरोकारवाला निकायसँग यस विषयमा छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group