काठमाडौं ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई० सम्झौता नेपालको हितमा नभएको बताएको छ ।
चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा बसेको लोसपा केन्द्रीय कार्यसमितिको बैठकले बीआरआईको विरोध गरेको हो । बैठकपछि अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बीआरआई सम्झौता नेपालको हितमा नभएको पार्टीको ठहर छ ।’
चीनले अगाडि सारेको बीआरआईमा सहभागी हुन नेपालले २०१७ मै हस्ताक्षर गरेको थियो, तर अहिलेसम्म कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छैन ।
लोसपाले भारतसँग भएको विद्युत व्यापार सम्झौता अन्तरगत १० हजार मेगावाट विद्युत बिक्री गर्ने सहमति नेपालको हितमा भएको भन्दै स्वागत गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको रु ५ करोडलाई २० करोडसम्म सीमा तय गरिएको निर्णयलाई पनि यो बैठक स्वागत गर्दछ ।’
प्रतिक्रिया दिनुहोस्