ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबीमा फेरिए एकसाथ ४ डीएसपी


एबीसी न्यूज
८ चैत्र २०८०, बिहिबार   ३ : ०७   बजे

काठमाडौं ८ चैत ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० मा एकसाथ चार अनुसन्धान अधिकृत परिवर्तन गरिएको छ।

सीआईबीमा कार्यरत चार जना पिलर प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी० लाई अन्यत्र पठाएर नयाँलाई सीआईबीमा ल्याइएको छ।

सुनको अवैध चोरी पैठार जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनपछि सीआईबी प्रमुखसहित चार जनालाई सरुवा गरिएको थियो।

 

सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक एआईजी० किरण बज्राचार्यलाई कार्य विभागमा सरुवा गर्दै कार्यविभागका एआईजी श्यामलाल ज्ञवालीलाई सीआईबीको जिम्मा दिइएको थियो।

यस्तै सीआईबीमा हुँदा सुन प्रकरणको अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा नुवाकोट पुगेका थिए।

नुवाकोटबाट उनलाई पनि सरुवा गरिएको थियो। सीआईबीकै दुई जना डीएसपीहरु रुगम कुँवर र दुर्गा प्रसाद दाहाललाई पनि सोही प्रतिवेदन बुझाउनासाथ सरुवा गरिएको थियो।

बुधबार १४१ जना डीएसपी सरुवा गर्दा थप दुई डीएसपी पनि सीआईबीबाट सरुवा भएका हुन्। डीएसपी मदनजित महरा र डा। तपनकुमार दाहाललाई बुधबार सरुवा गरिएको हो। तर सबै डीएसपीलाई नियमित सरुवा गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत डीएसपी निशान्त श्रीवास्तव सीआईबीको पिलर ७ अनुसन्धान तथा कारबाही शाखामा सरुवा भएका छन्। यसअघि यहाँ मदनजित महरा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट श्याम कुमार सारु मगरलाई पनि सीआईबीमा ल्याइएको छ। उनलाई सीआईबीको मानव स्रोत व्यवस्थापन शाखाको जिम्मा दिइएको छ। यसअघि डा। तपन कुमार दाहालले हेर्दै आएका थिए।

इलाका प्रहरी कार्यालय बाँकेबाट सुन्दर तिवारी सीआईबीको पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा आएका छन्। यहाँ कार्यरत रुगम कुंवर सुन प्रकरणका कारण यसअघि नै हेडक्वार्टर तानिएका थिए।

यस्तै प्रहरी प्रधान कार्यालय जाहेरी शाखाबाट सुवास हमाललाई पनि सीआईबी लगिएको छ। उनलाई ब्युरो पिलर ५ मा फरार अभियुक्तहरुको पहिचान, पक्राउ शाखाको जिम्मेवारी दिइएको छ। यसअघि दुर्गा प्रसाद दाहाल यहाँ कार्यरत थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu