ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच राजनीतिक दलको नाम परिवर्तन


एबीसी न्यूज
११ चैत्र २०८०, आइतबार   ४ : २३   बजे

काठमाडौं ११ चैत । निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ । थप एउटा दलले नाम परिवर्तनका लागि आयोगसमक्ष निवेदन दिएको छ ।

आयोगले किरात खम्बुवान साझा पार्टी, नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले नाम परिवर्तनका लागि दिएको निवेदन अनुसार पाँच वटै दलको प्रस्तावित नाम स्वीकृत गरेको हो ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको यही चैत ८ गते बिहीबारको बैठकले गरेको निर्णय अनुसार ताम्सालिङ लोकतान्त्रिक पार्टीको नाम ‘जनप्रिय लोकतान्त्रिक पार्टी’, नेपाल सुकुमवासी पार्टीको नाम ‘नेपाल जनता संरक्षण पार्टी’ तथा आमूल परिवर्तन मसिहा पार्टीको नाम ‘रिपब्लिक पार्टी नेपाल’ हुने भएको छ । आयोगका राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले नयाँ नाम स्वीकृत भएको दलको दर्ता मिति भने पुरानै कायम रहने बताउनुभयो । यसअघि गत फागुन २३ गतेको निर्णय अनुसार किरात खम्बुवान साझा पार्टीको नाम ‘राष्ट्रिय साझा पार्टी’ तथा नेपाल दलित पार्टीको नाम ‘नेपाल मानवतावादी पार्टी’ हुने भएको छ ।

कारण देखाऊ आदेश

दलको नाम परिवर्तन सम्बन्धमा आयोगको निर्देशनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा० ले यही चैत २ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा अदालतले कारण देखाऊ, अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

तमलोपाले आयोगले भने झैँ दलको नाम संविधानको मर्मविपरीत नभएको तर्कसहित रिट दायर गरेको थियो । सो दलले कुनै प्रचलित कानुनले दर्ता रहेको पार्टीको नाम परिवर्तन गर्न कुनै निर्देशन दिन सक्ने अधिकार निर्वाचन आयोगलाई नरहेको दाबी गरेको छ ।

दर्ता रहेको दलले कुनै कामकारबाही सञ्चालन गर्दा पालना गर्नुपर्ने विषय सम्बन्धमा निर्देशन दिन सक्ने भए पनि दलको नाम परिवर्तन गर्न दिइएको निर्देशन संविधान र प्रचलित कानुनबमोजिम नरहेको तमलोपाको जिकिर छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu