ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अट्ठाइस महिलाको उद्धार


एबीसी न्यूज
१२ चैत्र २०८०, सोमबार   १ : ४१   बजे

काठमाडौं १२ चैत । बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हवाई उद्धार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ असोज ११ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो ।

जस अन्तर्गत यस जिल्लाबाट २०७७ सालमा चार जना, २०७८ मा तीन, २०७९ मा सात र २०८० मा १४ जना गरी २८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

यीमध्ये २६ जना गर्भवती तथा सुत्केरीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, एक जनालाई सेती प्रादेशिक अस्पताल धनगढी र एक जनालाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो ।

तीमध्ये नौ जना जगन्नाथ गाउँपालिका, सात जना हिमाली गाउँपालिका, पाँच जना बुढीनन्दा नगरपालिका, तीन जना बडीमालिका नगरपालिका, दुई जना स्वामिकार्तिक गाउँपालिका, एकरएक जना गौमूल र खप्तड छेडेदह गाउँपालिकाका महिला छन् ।

२०८० सालको माघमा पाँच र चैत महिनामा तीन गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । यही शुक्रबार पनि जगन्नाथ गाउँपालिका–६ का २८ वर्षीय सुत्केरी दुर्गा बुढाको सदरमुकाम मार्तडीबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ ।

जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका भूगोलको दृष्टिकोणले सबैभन्दा विकट गाउँपालिका हुन् । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यी पालिकाका लागि उपयुक्त भएको खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले बताउनुभयो ।

उद्धार कार्यक्रम दुर्गमका महिलाका लागि कोसेढुङ्गा साबित भएको छ । हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा ल्याइएका महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुस्ट २० हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको छ ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुलामा पूर्ण रूपमा लागु भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu