ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साठी लाख अफगानीलाई सहायता वितरण


एबीसी न्यूज
१२ चैत्र २०८०, सोमबार   १ : ५६   बजे

काठमाडौं १२ चैत । फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ ।

डब्लुएफपीले शनिबार अफगानिस्तानमा ६० लाखभन्दा बढी मानिसलाई नगद र खाद्यान्न सहायता उपलब्ध गराएको छ । प्रेस विज्ञप्तिअनुसार अफगानी बालबालिकालाई खाना तथा पोषण उपलब्ध गराउने आवश्यकता पुरा गर्न यो सहायता प्रदान गरिएको हो ।

केही निजी दाता र सहयोगी देशहरूको आर्थिक सहयोगमा अफगानिस्तानमा खाद्य सहायता प्रदान गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा आर्थिक चुनौती र मानवीय सङ्कटले खाद्य सहायताको माग बढेको सरकारी तथा गैर–सरकारी स्रोतहरूले जानकारी गराएपछि युएनडब्ल्युएफपीको सहकार्यमा सहायता प्रदान गरिएको हो ।

पछिल्लो समयमा गम्भीर मानवीय सङ्कटबिच अफगान शरणार्थीहरू पाकिस्तानबाट ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । मुलुकमा जारी द्वन्द्व र आर्थिक अस्थिरतासहित अफगानिस्तानको बिग्रँदै गएको मानवीय सङ्कटले धेरै शरणार्थीहरूलाई अनिश्चित अवस्थाको बाबजुद स्वदेश फिर्ता गर्न प्रेरित गरेको खामा प्रेसले जनाएको छ ।

शरणार्थीहरू स्वदेश फर्केसँगै उनीहरूले खाना, आश्रय र स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकताहरूमा सीमित पहुँचसहित विशाल चुनौतीहरूको सामना गरिरहेका छन् ।

शरणार्थीहरूले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो मातृभूमिमा चलिरहेको सङ्कटबिचमा अफगान शरणार्थीहरूको सुरक्षा र कल्याण सुनिश्चित गरी पुनः वास र एकीकरण प्रयासहरूलाई सहयोग पुर्‍याउन तत्काल सहयोग प्रदान गर्न आग्रह गरिरहेका छन् । राससरएएनआई

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group