ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी कार्य जारी


एबीसी न्यूज
१२ चैत्र २०८०, सोमबार   ३ : ४०   बजे

काठमाडौं १२ चैत ।  उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराएका तीन बालबालिका अझै फेला परेका छैनन् । आइतबार होली खेलेर कोशीमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका उनीहरुको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।

स्थानीय साउने माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय रेखा मगर, कक्षा ४ मा अध्ययनरत ९ वर्षीय रिदम मगर र कक्षा ५ मा अध्ययनरत १२ वर्षीय लोकबहादुर मगरको खोजी गर्न गोताखोरको टोली परिचालन गरिएको हो । बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ वाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको साउनेस्थित चौकीबाट ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिहान ११ बजेदेखि गोताखोरको टोलीले बालबालिका बेपत्ता भएको स्थानदेखि तलतिरको क्षेत्रमा पानी मुनी गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले बताउनुभयो । कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई बालबालिका बेपत्ता भएको घटना स्थलमा पुगेर उनीहरूको खोजी कार्यमा के कस्तो भइरहेको छ भन्ने कुराको जानकारी लिनु भएको छ ।

बेपत्ता बालबालिकाहरूको निरन्तर खोजी कार्य भइरहेको तर अहिलेसम्म उनीहरूलाई फेला पार्न नसकिएको गोताखेर टोलीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu