ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


एबीसी न्यूज
१२ चैत्र २०८०, सोमबार   ३ : ४२   बजे

काठमाडौं १२ चैत । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा। सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्कन गराइ आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेस गरेको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी, नगराई सोही प्रतिवेदन स्वीकृत गरी सहकारी संस्थालाई नौ लाख ७७ हजार १६ रुपियाँ भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

आयोगका अनुसार अस्पतालका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरीले कृषि सेड निर्माण कार्य गर्नको लागि दोस्रो पक्षसँग भएको सम्झौतामा संलग्न रहेको, आम्रपाली सहकारीले पेस गरेको लगत इष्टिमेट बमोजिम नगरेको कामलाई गरेको भनी सिफारिस गरेको आरोप लागेको छ ।

यसैगरी, सर्लाहीका चक्रघट्टा गाउँपालिका वडा नं। ९ का तत्कालीन वडा अध्यक्ष राम ईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ को दफा ९८० ४ को पूर्ण पालना नगरी फिल्डमा वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गरी गराइ रकम भुक्तानीका लागि सिफारिस गरेको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम नौ लाख ७७ हजार १६ रुपियाँ जफत हुन मागदाबी लिई उनीहरुविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group