ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्री एयरलाइन्सले भित्र्यायो ८० सिटे २ बम्बार्डियर जहाज


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   १ : ३४   बजे

काठमाडौं १३ चैत । श्री एयरलाइन्सले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा तत्कालीन बम्बार्डियर ले निर्माण गरेका ८० सिट क्षमताका दुईवटा जहाज नेपालमा ल्याएको छ।

संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरु श्रीले नेपालमा ल्याएको हो।
जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरुभन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावरयुक्त छन्।

उक्त जहाजहरु श्री एयरलाइन्सका पाइलटहरुद्वारा संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै करिब २५ घण्टाको उडान तथा तीन रात्रि बिसानपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा अवतरण भएका छन्।


कम्पनीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पूरा गरी उक्त विमानहरुबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा उडान थप गरी भरपर्दो सेवा सुचारु रुपले सञ्चालन गर्दै जाने उल्लेख गरेको छ।
सन्२०१७ बाट ५० सिट क्षमताको २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरेको थियो।

सुरुमा काठमाडौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाइ सेवा सञ्चालन गरेको थियो।

सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरि ४ वटा ८० सिट क्षमताको क्यानाडा निर्मित क्वी४०० ड्यास ८ विमानहरुबाट थप पोखरा, सुर्खेत, जनकपुर तथा सिमरा मा समेत सेवा विस्तार गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu