ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढीबाट काठमाडौँ आउँदै गरेको श्री एयरको जहाज भैरहवामा आपतकालीन अवतरण


एबीसी न्यूज
१५ चैत्र २०८०, बिहिबार   १ : ४७   बजे

काठमाडौं १५ चैत । धनगढीबाट ७७ जना यात्रु लिएर काठमाडौँ आउँदै गरेको श्री एयरको जहाज आकाशमै अढाई घण्टा होल्ड भएर भैरहवामा अवतरण भएको छ।

श्री एयर लाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा होल्ड भएपछि भैरहवामा अवतरण गरिएको श्री एयर लाइन्सले जनाएको छ।

श्री एयरका प्रतिनिधि गजेन्द्र शाहीले भैरहवामा अवतरणपछि पुनः जहाज काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिए। ‘जहाज भैरहवाबाट काठमाडौँका लागि उडिसकेको छ,’ शाहीले नेपालखबरसँग भने।

 

सो जहाज आज बिहान सात बजेर २२ मिनेट जाँदा धनगढीबाट उडेको थियो। काठमाडौँको मौसम खराव हुँदा जहाज आकाशमै झण्डै अढाई घण्टा होल्ड भएको थियो।

काठमाडौँको आकाशबाट फर्किएर जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको शाहीले बताए। धनगढीबाट काठमाडौँको उडान समय ५० मिनेट मात्रै हो।

८० सिट क्षमताको सो जहाजमा २ बालबालिकासहित ७७ जना यात्रु सवार थिए।

धनगढीबाट उड्दा काठमाडौँको मौसम जहाज अवतरणको लागि अनुकूल भएपनि एकाएक मौसम विग्रँदा जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।

जहाजले आकाशमै अढाई घण्टासम्म फन्को लगाउँदा धेरै यात्रु आँत्तिएका थिए। जहाजमा फ्युल पर्याप्त रहेकाले यात्रुलाई नआँत्तिन चालक दलका सदस्यले आग्रह गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu