ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’


एबीसी न्यूज
१६ चैत्र २०८०, शुक्रबार   २ : १६   बजे

काठमाडौं १६ चैत । पछिल्लो समय डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रुपमा देखा पर्न थालेको छ । नेपालको केही वर्षको तथ्याङ्कले पनि डेङ्गु महामारीका रुपमा देखापर्दै आएको देखाउँछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियो । त्यसैगरी, सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४, र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु पुष्टि भएको थियो । डेङ्गु गर्मी मौसममा वृद्धि हुने भए पनि जलवायु परिवर्तका कारण पछिल्लो केही वर्ष यता जाडोमा पनि डेङ्गु सङ्क्रमण शून्यमा नझरेको इडिसिडिका प्रमुख डा।गोकर्ण दाहाल बताउनुहुन्छ ।

इडिसिडीका अनुसार जनवरी सुरु भएदेखि लगभग छ सय जनामा डेङ्गु पुष्टि भैसकेको छ । यो वर्ष पनि डेङ्गुले महामारीको रुपमा लिन सक्ने धेरैको आकलन छ ।

डेङ्गु नियन्त्रणमा सबैको सहकार्य आवश्यक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले यो वर्ष डेंगु फैलिन नदिन सबैसँग सहकार्यका लागि पहल अगाडि बढाएको जानकारी दिनुभयो । डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य अवश्यक पर्ने भएकाले सोही अनुरुप मन्त्रालयले सबै स्थानीय तह र मन्त्रालयसँग सहकार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,“एक जनाको प्रयासले मात्र डेङ्गु नियन्त्रण हुँदैन । डेङ्गु नियन्त्रण गर्न कृषि, खानेपानी, वातावरण मन्त्रालयको पनि सहकार्यको आवश्यक पर्छ । त्यसका लागि मन्त्रालयले प्रयास अगाडि बढाएकोा छ ।”

डेङ्गु नियन्त्रण गर्न व्यक्ति स्वयमले पनि पानी जम्ने खाल्डखुल्डी पुर्ने, पानी लामो समयसम्म जम्न नदिने परिपाटी बनाउने, टायर जथाभावी फाल्न नदिने जस्ता कार्य गरेर सहयोग गर्न आवश्यक छ ।”

त्यसका साथै सबै तहमा डेङ्गु रोगसम्बन्धी सचेतना फैलाउने काम गरेको उहाँको भनाइ छ । रोग नियन्त्रण गर्ने स्थानीय तहको भूमिका सन्तोषजनक नभएको डा।बुढाथोकीको तर्क छ ।

डेङ्गु सङ्क्रमण उन्मूलन गर्ने हो भने सबैको सहकार्य आवश्यक पर्ने उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“डेङ्गु सङ्क्रमणलाई शून्यमा झार्न सबैको सहकार्य आवश्यक पर्छ स्वास्थ्य मन्त्रालयले मात्र काम गरेर यसलाई उन्मूलन पार्न मुस्किल छ ।”

पानी जम्ने ठाउँमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, कवाडीलाई व्यवस्थित गर्ने, टायर जथाभावी नफाल्ने, पानी जम्मा गर्ने भाडा बेलाबेलामा सफा गर्नुपर्ने भएकाले सबैको सहकार्य आवश्यक पर्छ ।

सङ्क्रमण फैलिन नदिन के गर्दै छ सरकारले रु

यो वर्ष डेङ्गु सङ्क्रमणले महामारीको रुप नलियोस् भनेर स्वास्थ्य मन्त्रालय काम अगाडि बढाएको डा।बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार मन्त्रालयले डेङ्गु रोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ।

डा।बुढाथोकीले मन्त्रालयले स्वास्थ्य संस्थामा फोकल प्वाइन्ट तोक्ने र डेंगुको उपचारमा चाहिने सामग्री तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “समान्य सङ्क्रमण भएमा हामीले काम गर्दै आएका छौँ । सङ्क्रमणले महामारीको रुप लिएमा तयारी अवस्थामा छौँ ।”

व्यक्ति स्वयं जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, “डेङ्गु नियन्त्रण गर्न घरबाट नै काम सुरु गर्नुपर्छ । जबसम्म डेङ्गु सङ्क्रमण्ले मलाई पनि समस्या पार्न सक्छ भनेर आत्मबोध गर्न सकिंदैन तबसम्म यो सङ्क्रमणलाई निर्मूल पार्न गाह्रो हुन्छ ।”

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरु दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेङ्गुका लक्षण हुन् । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन चिकित्सकको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu