ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओखलढुङ्गामा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   १ : ११   बजे

काठमाडौं १८ चैत । ओखलढुङ्गाको केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गरिएको हो ।

पर्यटन प्रवर्द्धनका लागि अग्लो बुद्धको मूर्ति यहाँ निर्माण गरिएको वडाध्यक्ष विष्णु तामाङले बताउनुभयो । मानेभञ्ज्याङ गाउँपालिकाको करिब ३० लाख लगानीमा उक्त मूर्ति निर्माण गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने केत्तुके बजारमा पर्यटन प्रवर्द्धनका लागि बुद्धको मूर्तिसँगै अन्य पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएका छन् । सोही स्थानमा गुम्बा, बुद्धको मूर्ति पार्क, बौद्ध डाँडामा सहिद स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् । यसका साथै पछिल्लो समय केत्तुके बजार जिल्लाकै मौलिक बजारका रूपमा विकसित भइरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

स्थानीय उत्पादनहरू दाल, तरकारी, फलफूल लगायतका खाद्य सामाग्रीहरू विशेष गरी बिक्रीका लागि राख्ने गरिएको पाइन्छ । ओखलढुङ्गा र सोलुखुम्बु आऊ जाऊ गर्ने यात्रुहरूलाई लक्षित गरेर बजारमा रैथाने उत्पादनलाई बिक्री गर्ने गरिएको हो । तामाङ समुदायको बाक्लो बसोबास भएको केत्तुकेलाई पर्यटकीय हबका रूपमा विकास गर्न वडाध्यक्ष तामाङले आफैले घोडा खरिद गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई घोडचढीको व्यवस्था गर्नुभएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुके लगायत लिब्जु उपो सामाथान, सातसल्लेको सहिद पार्क, किराँतेश्वर गुफा, जयरामघाटको पुल, उवुको स्वालेवा र सुरिम पार्क लगायतको पर्यटकीय प्रवर्धन गरी युवाहरूमा रोजगारी सृजना गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu