ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘खेल क्षेत्रको विकासको लागि सरकार सकारात्मक छ’


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   १ : १४   बजे

काठमाडौं १८ चैत ।   नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

कपिलवस्तुको बाणगङ्गामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणमा जोड दिनु पर्ने बताउनुभयो । मोफसलमा राष्ट्रिय स्तरका खेलकुदका प्रतियोगिताले खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मौका पाउने बताउनुभयो ।

शनिबारदेखि सञ्चालनमा आएको प्रतियोगितामा चैत २४ गतेसम्म चल्नेछ । प्रतियोगितामा मोफसलका ४ र ‘ए’ डिभिजन ४ क्लबको सहभागिता रहेको छ । सहभागी हुनेमा ‘ए’ डिभिजन क्लब अन्तर्गत थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब र मोफसलका बीएफसी चितवन, सुदूरपश्चिम(११, सहारा क्लब पोखरा र आयोजक टिमको प्रतिनिधित्व गर्दै कपिलवस्तु(११ छन्।

प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपियाँ र उप विजेताले ५ लाख ५५ हजार ५५५ रुपियाँसहित ट्रफी प्रदान गरिने आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu