ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडामाथिको पीडाले गाउँ नै शोकमग्न


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   १ : २३   बजे

काठमाडौं १८ चैत ।  ४० वर्षका क्यान्सरपीडित छोरालाई काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरी काजकिरिया घरबाटै गर्न गोरखा हिँडेकी ७० वर्षीया आमासहित पाँच जना त्रिशूली तरेर जान नै पाएनन् । पाँच जना सवार बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा घटनास्थलमा नै मृत्यु भयो ।

चितवनको इच्छाकामना गाउँपालिका–५, पृथ्वीराजमार्ग सडक खण्डको सिमलधारा नजिक शनिबार बिहान ७स्१५ बजे भएको दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । एक जना बेपत्ता छन् ।

मृत्यु हुनेमा ७० वर्षीया जुनकुरी रोका, ४१ वर्षीया जेठी छोरी हरिमाया रोका उपरकोटी, २८ वर्षीया कान्छी छोरी अन्जना रोका, नौ वर्षीय आगमन उपरकोटी र ज्वाइँ तथा चालक ३५ वर्षका अर्जुन सिर्मल रहेको प्रहरीले जनाएको छ । १८ वर्षका विवश रोका बेपत्ता छन् । सबै मृतक एकै घर परिवारका आमा, छोरी, नाति, नातिनी र ज्वाइँ हुन् ।

शङ्कर रोकाको काठमाडौँमा दाहसंस्कार गरेर रोका परिवार र उहाँका आफन्त तीन वटा गाडी लिएर गोरखातर्फ आउँदै थिए ।

“राति ११ बजे हाम्रो काम सकियो, अब यहाँ किन बस्ने घर जाने भन्ने सल्लाह भयो,” शङ्करका काकाका छोरा प्रकाश रोकाले भन्नुभयो, “हामीसँगै दुई वटा ट्याक्सी थिए । एउटा माइक्रोबस भन्यौँ । एउटा ट्याक्सी अर्जुन ज्वाइँले चलाउनुभयो, अर्को मैले चलाएँ ।”

दुई वटा ट्याक्सीमा परिवारका सदस्यहरू बसे । माइक्रोमा आफन्त र छरछिमेकीलाई राखियो । शङ्करको बिदाइपछि अमिलो मन बनाएर सवा ११ बजेतिर परिवार र आफन्तहरू गोरखा फर्किए । “बहिनी ९अर्जुनकी श्रीमती० भान्जी, मेरा भाइकी छोरी, उनकी नानी र भाउजू ९शङ्करकी श्रीमती० लाई मेरो गाडीमा राखेँ,” उहाँले भन्नुभयो, “ज्वाइँले चलाएको गाडीमा आमा, जेठी दिदी, भान्जा र कान्छी बहिनी चढ्नुभएको थियो ।”

चार बजे तीन वटै गाडी चरौँदी आइपुगे र सबैले चिया खाए । १५र२० मिनेट आराम गरेपछि गाडी गुड्यो । त्यहाँबाट छुट्टिने बेला अर्जुन र प्रकाशबिच मुग्लिङमा रोक्ने सल्लाह भएको थियो । “ज्वाइँले सानो बाबुलाई खानेकुरा केही भएन, मुग्लिङमा गएर रोक्नु है भन्नुभएको थियो । हस् भनेर म अघि लागेँ,” प्रकाशले थप्नुभयो, “केही बेरमा मलाई माइक्रोले ओभरटेक गर्‍यो । म सुरुमा मुग्लिङ आइपुगेँ, ज्वाइँ आइपुग्नुभएन १०र१५ मिनेट सिट कोल्ट्याएर सुतेँ तर उहाँ आउनुभएन ।” अर्जुनले चलाएको ट्याक्सी नआएपछि प्रकाशले फोन गर्नुभयो । दुई पटक फोन गर्दा पनि नउठेपछि कतै रोकेर निदाउनुभएछ कि भन्ने लाग्यो । “मैले पाँच बजे दुई पटक उहाँलाई फोन गरेँ तर फोन उठेन, पाँच बजेर छ मिनेट जाँदा फेरि ज्वाइँले फोन गर्नुभयो । एक्कासि दाइ मलाई बचाउनुहोस् म डुब्न लागेँ भन्नुभयो, म त अक्क न बक्क परेँ,” उहाँले भन्नुभयो ।

अर्जुनले आफू दुर्घटनामा परेको स्थान बताउन सक्नुभएन । उहाँको आवाज पनि निकै सानो थियो । त्यसपछि प्रकाशले प्रहरीलाई खबर गर्नुभयो । प्रहरीले अर्जुनको मोबाइलको लोकेसन ट्र्याक गरी घटनास्थल पहिचान ग¥यो ।

प्रहरीलाई सम्पर्क गर्दा गाडी दुर्घटना भएको खबर पाएपछि आफन्तहरू निकै पीडामा परेका थिए । जुन गाडी दुर्घटना भयो, त्यही गाडीमा बाबुको दाहसंस्कर गर्ने छोरा, हजुरआमा, फुपूदिदीहरू रहेकाले आफन्तहरू रुन चिच्याउन थाले । गाडीमा सवार पाँच जनाको त्रिशूली नदीमा शव भेटिएको र एक जना बेपत्ता भएको खबरले आफन्त र सिङ्गो गाउँ नै शोकले अन्धकार भएको छ ।

“मृत्यु सत्य भए पनि कुनै कुनै मृत्यु असाध्यै पीडा दिने हुँदो रहेछ,” गोरखा नगरपालिका–७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो । एकै घर परिवारमा पाँच जनाको ट्याक्सी दुर्घटनमा मृत्यु हुँदा परिवार आफन्त कोही बोल्न सक्ने अवस्थामा नभएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार बेपत्ता भएका रोकायको प्रहरी टोलीले त्रिशूली नदीमा खोजी कार्य गरेको छ । “हामीले दुर्घटनाका कारण अध्ययन गरिरहेका छौँ । यसै भन्न सकिने आधार भेटिएको छैन,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu