ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीलाई कारबाही भन्दै कर्णाली पठाएर डम्पिङ साइट बनाइयो ज्ञानेन्द्र शाही


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   २ : ५२   बजे

काठमाडौं १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टचारी र अपराधीलाई कारबाही गर्ने नाममा दुर्गम जिल्लामा जथाभावी सरुवा गरिएकोमा आपत्ति जनाएका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले बाँसबारी जग्गा प्रकरणमा मुछिएका उद्योगी अरुण चौधरीलाई हाजिरी जमानीमा छाड्ने न्यायाधीशलाई मुगु सरुवा गरेकोमा आपत्ति जनाए।

उनले अपराधी र कर्मचारीलाई दुर्गम सरुवाका नाममा कर्णालीलाई डम्पिङ साइट बनाइएको भन्दै आपत्ति जनाए।

 

‘बाँसबारी जग्गा प्रकरणमा मुछिएका व्यापारी अरुण चौधरीलाई हाजिरी जमानीमा छाडेबापत काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा भए। यहाँ कर्मचारी अपराधि, भ्रष्टाचारी भए भने के कर्णालीमा पठाउनुपर्छ’, उनले भने, ‘काठमाडौंका भ्रष्टचारी र अपराधीलाई कर्णाली पठाएर कर्णालीलाई डम्पिङ साइट बनाएको हो ’ उनले प्रश्न गरे। यदि डम्पिङ साइट बनाउने हो भने नेपालबाट अलग बनाउने हिम्मत राख्नुस्।’

सांसद शाहीले आगामी वर्षको बजेटमा कर्णाली प्रदेशलाई कम्तिमा पनि २ अर्ब बजेट छुट्याउन माग गरे। उनले कि त कर्णाली नेपाल नै होइन भन्न आग्रह गरे। नभए अधिकार दिन आग्रह गरे।

कुनै समय खस साम्राज्यको राजधानी भएको जिल्ला जुम्ला अहिले सडक राम्रोसँग स्तरोन्नति हुन नसकेर अलपत्र अवस्थामा रहेको उनले बताए।

२०६३ साल चैत ३० मा जुम्ला र सुर्खेत जोड्ने राजमार्गको शिलान्यास भएर जुम्लामा पनि गाडी पुगे पनि त्यो बाटो स्तरोन्नति नभएको भन्दै उनले आपत्ति जनाए।

‘अब आउने बजेटमा कर्णालीको रारा जाने बाटो स्तरोन्नति होस्। हिँड्न सकिँदैन। विश्वास नभए प्रधानमन्त्री, मन्त्रीलाई त्यो बाटोमा गुडाउन मन छ,’ उनले भने, ‘सरकारसँग कर्णालीबासीले भीख मागेको होइन। नेपालभित्र कर्णाली पर्दैन भन्ने हो भने हामी दमका साथ विकसित बनाएर देखाउँछौँ।’ उनले अन्यत्र प्लेन नउडे पनि विमानस्थल बन्ने, फास्टट्रयाक बन्ने भन्दै थपे, ‘कर्णालीलाई दुई अर्ब रुपैयाँ दिन सरकार किन थुरथुर काँप्छ ?

उनले कर्णालीलाई अधिकार चाहिएको भन्दै खोसेर भए पनि लिने बताए।

‘यो वर्षको बजेटमा कर्णाली राजमार्गका स्तरोन्नति हुँदैन भने संसद्मा पनि आन्दोलन हुन्छ, सडकमा पनि आनदोलन हुन्छ। हरेक नागरिकको बाँच्न पाउने अधिकार छ। कर्णालीले आफ्नो माग राख्छ,’ उनले भने।

बाटो बने १० करोड बराबरको मार्सी धान निर्यात हुन सक्ने, ६ अर्बको स्याउ विदेशबाट ल्याउन नपर्ने, १५ अर्बको जडीबुटी र ४० करोड बराबरको खाद्यान्न दिन सक्ने दाबी शाहीले गरे।

‘२७ अर्ब ५० करोड आम्दानी दिन सक्ने कर्णाली दुई, तीन अर्ब बजेट मागिरहेको छ। यदि राजमार्ग सुधार हुँदैन भने कि त कर्णाली नेपालमा पर्दैन भन्नुपर्छ नभए समानता हुनुपर्छ,’ शाहीले आक्रोशित हुँदै भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu