ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्दा काम गर्न कठिन गृहमन्त्रीसँग साम्पाङको गुनासो


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   ३ : ११   बजे

काठमाडौं १८ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भेटवार्ता गरेका छन् । कर्मचारीले प्रक्रिया खोज्दा र जनप्रतिनिधिले परिणाम खोज्दा काम गर्न कठिन भएको सम्पाङको भनाइ थियो ।

गृहमन्त्रीसँग साम्पाङको गुनासो स् कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्दा काम गर्न कठिन
सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार भएको भेटवार्तामा मेयर साम्पाङले धरान उपमहानगरपालिकामा सुरक्षा व्यवस्थाका लागि स्रोत र साधनको माग गरेका थिए ।

गृहमन्त्रीको सचिवालयका सदस्य प्रमोद न्यौपानेका अनुसार मेयर सम्पाङले भनेका थिए, ुउपमहानगरपालिका प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग भएको छ । कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो थियो ।ु

साम्पाङले राखेका मागप्रति आफू गम्भीर रहेको गृहमन्त्रीले जवाफ दिएको न्यौपानेले जानकारी दिए । उनले मेयरले राखेका माग सम्बोधन गर्ने प्रक्रिया थाल्न पनि गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।

साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए । जवाफमा प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिबद्धता जनाएको न्यौपानेले बताए ।

गृहमन्त्री र प्रमुख साम्पाङबीच लागू औषध दुर्व्यवसनी नियन्त्रणबारे पनि छलफल भएको न्यौपानेले बताए । नशाका लागि विभिन्न थरिका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानुन नरहेकोबारे प्रमुख साम्पाङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य सहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ रहेको थियो ।

मेयर साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीको प्रतिबद्धता जनाएको न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu