ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँ – सांसद पौडेल


एबीसी न्यूज
१८ चैत्र २०८०, आइतबार   ३ : १४   बजे

काठमाडौं १८ चैत । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङको विषय नबनाउन दलहरूलाई आग्रह गरेका हुन् ।

शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँ स् सांसद पौडेल
संसद्‍‌भित्रका दल सत्तापक्ष र प्रतिपक्षमा आलोपालो हुने गरेको भन्दै सांसद पौडेलले संविधानले निर्दिष्ट गरेका कानुन बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाइ थियो ।

संघीयता कार्यान्वयनका लागि कानुन मन्त्रालयले १ सय १७ वटा विधेयकको तयारी गरेको छ । तर संसद्को काम गराइ भने सुखद् नरहेको सांसद पौडेलको भनाइ थियो ।

ुयो भन्दा पहिलाको सदनको कुरा हेर्दा निकै दुःख लाग्दोगरी एकाध बाहेक हामीले आपसमा कटाक्ष गर्नेबाहेक महत्वपूर्ण काम गर्न सकेनौँ । यो अधिवेशन र यसपछि हुने अधिवेशनले कानुन मन्त्रालयले तयार पारेका यसप्रकारका ऐनहरूलाई टुंगो लगाएर देशलाई एउटा निश्चित प्रणालीमा लिएर जानुपर्ने इतिहासको आवश्यकता बनिसकेको छ,ु उनले भने, टीआरसीसँग सम्बन्धित कानुन बनिसकेको छैन ।

हामी दलका प्रतिनिधिहरू यही सदनभित्र बस्दा कहिले कुन त कहिले कुन खण्डमा गएर बस्छौँ । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरू बनाउने प्रसंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोग पनि यत्तिकै अल्झिएर बसेको छ । हामी यसलाई छिटै टुंगो लगाउनुपर्ने छ । यसको निम्ति कसैले पनि बार्गेनिङको विषय नबनाऔँ ।

संसद्सामू संक्रमणकालीन न्यायसँग सम्बन्धितका साथै अन्य कानुन पनि निर्माण गर्नुपर्ने पौडेलको भनाइ थियो । उनले भने, ुशिक्षा ऐन, निजामती ऐन ल्याउन सकेका छैनौँ । वन ऐन, प्रहरी ऐन, भूमि ऐन जस्ता कानुन हामीले ल्याउन नसक्दाखेरी तीन तहको सरकारको संरचना व्यवस्थित रुपमा जनताका बीचमा कार्य सम्पादनमा आगाडि बढेर नागरिकलाई विश्वस्त दिलाउन सकेका छैनन् ।

यी सरकारलाई प्रभावकारी बनाउन कानुनको आवश्यकता छ । सदन कटाक्ष गर्ने थलो नबनोस् । सदन परिणाममुखि थलो बनोस् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group