ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा व्यवसायी सबिन भट्टले गरे बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई ५० / ५० हजार आर्थिक सहयोग


एबीसी न्यूज
१९ चैत्र २०८०, सोमबार   १२ : ४२   बजे

काठमाडौ १९ चैत ।  बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र बिरेन्द्र शाहको परिवारलाई युवा उधमी तथा पब्लिक फोर के टेलिभिजनका संचालक समेत रहेका सबिन भट्टले ५०र५० हजार आर्थिक सहयोग गरेका छन। शनिबार भट्ट आफैले मृतक सुजनका दाइ रणबहादुर राना र बिरेन्द्रकि दिदी सिर्जना सिंहलाई भक्तपुरमा भेटेर व्यक्तिगत सहयोग गरेका हुन्। भट्टले यस अघि पनि समस्यामा परेका थुप्रै व्यक्तिहरुलाई सहजीकरण र आर्थिक सहयोग गरेका थिए।

जाजरकोट भूकम्पमा समेत तत्काल लाखौ बराबरको सरसामान र आर्थिक रकम सहयोग गरेका थिए। उक्त आर्थिक रकम हस्तान्तरण गर्दै गर्दा मृतक परिवारले आश्वासन धेरै आएपनि कार्यान्वयन नभएको समेत गुनासो गरेका छन् । आर्थिक अभावले थोरै भएपनि परिवारलाई खुसि दिने र सुन्दर भविष्य निर्माण गर्ने भन्दै कोरियाको सपना देखेका राउत र शाहको मृत्यु भएपछी यतिबेला परिवारको आर्थिक अवस्था दयनिय रहेको छ। उनीहरुको परिवारले गाउँमा कृषि गर्दै अर्मपर्म गरेर जीवन चलाइरहेका थिए।

तर अहिले घरको आशा र भरोसा रहेका छोराकै मृत्यु भएपछी परिवारले अहिले छोरा गुमाउनुको पिडा संगै ठुलो आर्थिक चुनौती समेत सामना गरिरहेको छ। दुवै परिवारलाई निकै ठुलो ऋणको भारी रहेको मृतक परिवारले बताएको छ। सरकारको तर्फ़बाट राहतस्वरुप १०(१० लाख मात्र प्राप्त गरेको र अन्य सहयोग नभएको पिडित परिवारले बताएका छन्। ज्यान गएको युवालाई सहिद घोषणा गर्ने र पिडित परिवारको एकरएक सदस्यलाई रोजगारी दिने भनिएपनि आज सम्म कार्यान्वयन नभएको सुजनका दाइ रणबहादुर रानाले बताए।

गत पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले प्रर्दशन गरेका थिए । प्रहरीले बल प्रयोग गर्दा प्रर्दशनमा सहभागी अछाम चौरपाटी गाउँपालिका १ का २१ वर्षि वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षे सुजन राउतको मृत्यु भएको थियो । गत साउनमा कोरियाको रोजगार अनुमती प्रणाली ९ईपीएस० अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरूले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu