ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको नाउपा नेताको दाबी


एबीसी न्यूज
१९ चैत्र २०८०, सोमबार   ३ : ०३   बजे

काठमाडौं १९ चैत । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार टेलिफोन गरेर ज्यान मार्ने धम्की दिएको बताए ।रेशम चौधरीले फोनमार्फत आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वालुवाटार नजान र गए ज्यान मार्ने भनेर धम्की दिएको बिकले बताए ।

‘उहाँ रेशम० ले हिजो पनि हामीलाई फोन गरेर प्रधानमन्त्रीलाई वालुवाटार भेट्‍नु नजानू, यदि गयौ र कमल शाहको सरकार तलमाथि भयो भने तिमीहरूको हत्या हुन सक्छ भनेर धम्क्याउनुभयो’, , ‘तर हामीले त्यसलाई गम्भीर रुपमा लिएनौं । तर आज केन्द्रीय कार्यालयमा मिटिङ चल्दै गर्दा बाहिरबाट चुकुल लगाएर हामीमाथि आक्रमण भयो ।’

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठकमा नेताहरुबीच हात हालाहाल भएको थियो ।आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताए ।

 

सोमबार बोलाइएको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि नै रेशम चौधरीसहितका नेताहरु पार्टी कार्यालयमा उपस्थित भएका थिए । त्यसक्रममा संस्थापक केन्द्रीय सदस्यको मात्र बैठक बस्ने वा रेशम चौधरीहरुलाई पनि सहभागी गराउने भन्ने विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका परिकल्पनाकार रेशम चौधरी बाहिरिन नहुने पक्षका छन् ।

गत पुसमा कैलालीमा भएको महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । त्यसैले हाल नाउपामा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी आधिकारिक अध्यक्ष छिन् ।

पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले भने केन्द्रीय समितिको बैठकमा बाहिरको मान्छे प्रवेश नपाउनुपर्ने तर बैठकमा आएर कुटपिट गर्नु गम्भीर भएको बताइन् ।

उनले भनिन्, ‘ नाउपाको बैठक मैले बोलाएकी हुँ। त्यहाँ त केन्द्रीय पदाधिकारी मात्रै आउनुपर्ने हो। तर बाहिरको मान्छे आएर कुटपिट गर्‍यो भन्‍ने सुनेँ । किनकी म यो कुरा थाहा पाएपछि आइपुगेकी थिएँ ।’

रेशम चौधरीले पार्टीका नेताहरूलाई ज्यान मार्ने धम्की दिएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस विषयमा मैले के भन्नू, केही भन्नै मिल्दैन ।’

यता, पार्टीका संस्थापक नेता रेशम चौधरीले भने आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको बरू पार्टीको विवाद पार्टी कार्यालयमै मिलाउन आग्रह गरेको बताए ।

‘बैठकमा संस्थापक सबैलाई समेटेर लैजाने कुरामा बहस भइरहेको थियो । त्यहीबीचमा साथीहरूले वालुवाटार जान्छौं प्रधानमन्त्रीलाई भेट्न भन्नुभयो’, उनले भने, ‘मैले वालुवाटार नजान आग्रह गरेँ । तर उहाँहरूले जिद्दी नै गर्नुभयो । त्यसपछि मैले त्यता गए बरू माओवादी पार्टीमै प्रवेश गरे भैगयो नि त भनेँ ।’

उनले आफूले बैठकमा केही गलत शब्द बोलेको भने स्वीकार थरे । ‘मैले आग्रह गर्दा साथीहरू उग्र भएर आउनुभयो । त्यसपछि मैले पनि केही कडा भएर बोलेँ, तर गलत शब्द बोलेको भए फिर्ता लिन्छु पनि भनेकै हुँ।’

आफूहरू सुदूरपश्चिममा कमल शाह नेतृत्वको सरकारमा सहभागी भइसकेकाले अब समर्थन फिर्ता लिन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group