ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादीले एउटा प्रदेशको मुख्यमन्त्री पाउने


एबीसी न्यूज
१९ चैत्र २०८०, सोमबार   ३ : ३५   बजे

काठमाडौं १९ चैत । यसकारण बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिन तयार भयो नेकपा एस  प्रदेश भागवण्डा मिलाउन हिजो आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष तहका नेताहरु छलफलमा बसे।

बैठकमा नेकपा एकीकृत समाजवादीको अडानका कारण कुनै निष्कर्ष निक्लिएन।   एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक प्रदेशको नेतृत्वको अडान नछोड्दा अनिर्णित बनेको बैठक सोमबार बिहान पनि बस्यो।

बैठकमा एउटा प्रदेशको नेतृत्व पाए विश्वासको मत दिने, नपाए सरकारमै सहभागी नहुने चेतावनी समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले दिँदा प्रदेशका सांसदहरू अलमलमा थिए।

तर केन्द्रीय नेताहरूले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन सहमति जुटेको हो।

समाजवादी बागमती संसदीय नेता कृष्ण प्रसाद खनालले यसको पुष्टि गरेका छन्। बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमतिसमेत भएको उनले बताए।

जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतले बताएको छ।

अन्य प्रदेशमा भन्दा एकीकृत समाजवादीले बागमती प्रदेशकै नेतृत्व पाउन निकै कसरत गरेको थियो।

बागमतीमा समाजवादीको ७ सिट छ। मधेसमा पनि समान ७ सिट नै छ। जसजाले नेतृत्व छाड्ने सम्भावना क्षीण रहेकाले समाजवादीले बागमतीमै दाबी गरेको थियो।

तर केन्द्रको निर्णयअनुसार ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ४ सिट रहेको समाजवादीले मुख्यमन्त्री पाउने भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu