ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताप्लेजुङ पर्यटन महामहोत्सव प्रस्ताव


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   १ : ०१   बजे

काठमाडौ २० चैत । नेपाल अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य भएको भौगोलिक र सामाजिक विविधता भएको सुन्दर देश हो। बिश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो उच्च हिमाल कंचनजङ्गा ,कुम्भकर्ण(फक्ताङलुङ)लगायतका दर्जनौं हिम शिखरहरु यहाँ छन । पस्चिमको रारा ताल, फेवाताल देखि पुर्व ताप्लेजुङको सिंजेमा हिमतालसम्म आउँदा हजारौं तालतलैयाहरु, झरनाहरु भएको देश हो यो। पशुपति, लुम्बिनी, जानकपुरधाम, बौद्ध स्तुपा, पाथीभरा(मुकुमलुङ) आदि ऎतिहासिक रुपमा धर्मिक संस्कृतिक महत्वको देश नेपाल हो । प्राय बिश्वका सबै जसो देशहरुमा पाईने हावापानी नेपालमा भेटिन्छ । यही सुन्दर देशको कोशी र १ नम्बर प्रदेशको अन्तर्राष्ट्रिय, राष्ट्रिय पर्यटकीय गन्तव्य हो ताप्लेजुङ । ताप्लेजुङ भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक र जैविक विविधताको खानी नै हो।त्यसैले ताप्लेजुङलाई आम मानिसहरुको आँखामा टल्काउनु र पर्यटकहरुको आकर्षणको केन्द्र बनाउनु हामी सबैको दायित्व र कर्तव्य हो।
ताप्लेजुङ ताप्लेजुङवासीको मात्र हैन, सबै नेपालीको हो। राष्ट्रिय,अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्य हो। के के छन् त ताप्लेजुङमा त्यस्ता हेर्न,घुम्न र दर्शन गर्न लायकका गन्तव्य केन्द्र तथा बस्तुहरु ? छोटो चर्चा गरौंः
१. कंचनजङ्गा हिमाल(बिश्वको तेस्रो उच्च शिखर (८५८६ मिटर) २. कुम्भकर्ण(फक्ताङ्लुङ)लगायतका दर्जनौं हिम शिखरहरु
३.पाथीभरा(मुकुमलुङ), प्रशिद्ध शक्तिपिठ । भारत र बङलादेशमा ब्यापक प्रचार गरेर लाखौं पर्यटकहरु भित्रयाउन सकिने, दिकिछ्योलिङ गुम्बा, फक्तालुङ माङ आदि
४.सिंजेमा हिमताल, तिम्बुङ पोखरी, सुदोपोखरीलगायत सयौं ताल तलैयाहरु
५.फुङ्फुङे झरना, ढङ्ढङे झरना लगायत दर्जनौं झरनाहरु
६.पहिचान बोकेका मौलिक संस्कृतिहरु
७.खेलकुद, स्वस्थ आदि पर्यटन
८.मिल्के,जलजले गुराँस क्षेत्र
९.हिमचितुवा,रेडपण्डा,कस्तुरी,भालु
१०.याक चौंरी
११.वन लगायत विभिन्न हिमाली जडिबुटीहरु
१२.जलविद्युत आयोजनाहरु आदि

उल्लेख्य रुपमा रहेका प्राकृतिक र कृतिम पर्यटकीय गन्तव्यको सहि ब्यबस्थापन, प्रचार प्रसार र प्रबर्द्धन गरेर ठुलो स्केलमा ताप्लेजुङमा पर्यटकहरु भित्रयाएर आय आर्जन गर्न सकिन्छ । चेतना र सभ्यताको बिकास गर्न सकिन्छ । ९ वटै स्थानीय तहहरुमा ठुला साना पर्यटकीय गन्तब्य र आवतजावत गर्ने रुटहरु छन्। समग्र जिल्लाको पर्यटन महामहोत्सवको आयोजना गरेर जिल्लाको संबृद्धिमा योगदान पुर्याउनु पर्छ । खुद्रा कार्यक्रमहरु गरेर सदरमुकाममा हप्ता दिनको महोत्सवको आयोजना गरेर खास अर्थ राख्दैन । यो एउटा अंसगत कुरा मात्र हुन्छ।
त्यसैले ताप्लेजुङ पर्यटकीय महामहोत्सवको गुरुयोजना १ वर्षको बनाएर संचालन गर्दा उपयुक्त हुने देखिन्छ । बार्षिक पर्यटन भित्रयाउने लक्ष्य ८ लाखको बनाएर असोजतिर बिशाल कार्यक्रममा उद्घाटन गरेर १ वर्षपछि अभियानको समापन गर्दा परिणाम हाँसिल गर्न सकिन्छ । प्रत्येक गन्तव्यको लक्ष्य निर्धारण गरेर सहि जिम्मेवारी बाँडफाँड गरी उद्देश्य पुरा गर्नु पर्छ । सबै राजनीतिक दलहरू, स्थानीय सरकारहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, ब्याबसायीहरु आदि मिलेर एउटा पर्यटकीय महामहोत्सव आयोजना गरेर ताप्लेजुङलाई देश बिदेशमा थप प्रभावकारी रूपमा चिनाऔं ।

खेलप्रसाद बुढाक्षेत्री(पराग)
केन्द्रीय सदस्य एवम् ताप्लेजुङ इन्चार्ज
नेकपा (माओवादी केन्द्र)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group