ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलापात र गोठालोको साथी रेडियो नेपाल: सञ्चार मन्त्री शर्मा


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   १ : २०   बजे

काठमाडौं २० चैत ।  प्रविधिको विकाससँगै रेडियोको प्रभावकारिता समेत वृद्धि हुँदै आएकाले रेडियो नेपाल जनताको साथीको रूपमा विकास हुँदै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । रेडियो नेपाल ७४ औँ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले ९३ प्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुगेको छ अत्ब शतप्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुर्‍याउँदै मेलापात र गोठालोको साथी रेडियो नेपालस् बन्नुपर्ने उहाँले बताउनुभयो ।

मन माटोलाई जोड्ने खालका कार्यक्रमहरूको विकास गर्नु जरुरी भएकाले जनताको इच्छा र परिवर्तनकारी कार्यक्रमहरू ल्याउन उहाँले सम्बोधनकै क्रममा रेडियो नेपाललाई निर्देशन दिनुभयो । प्रतिस्पर्धी युगमा समय सुहाउँदो प्रविधिको प्रयोग बढाउँदै समाचार र प्रसारण सामग्रीलाई प्रभावकारी बनाउनुमा कन्जुस्याइँ गर्न नहुने र यसमा मन्त्रालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।

सरकार र जनताका बिचको पुलको काम सरकारी सञ्चार माध्यमले गर्नुपर्नेमा जोड दिन उहाँले बताउनुभयो । प्रादेशिक प्रसारण समय बढाउनुपर्ने, बहुभाषिक र बहुधार्मिक कार्यक्रमले समावेशितालाई पूर्णता दिएको उहाँको भनाइ छ ।

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकाबद्ध गर्दै सार्वजनिक प्रसारण सेवा रूपान्तरण गरेर थप प्रभावकारी रूपमा पहुँच विस्तार गर्न मन्त्रालय लागिपरेको उहाँले स्पष्ट पार्नु भयो ।

यसैगरी, मन्त्री शर्माले संविधान र कानुनी व्यवस्थाको कार्यान्वयनका लागि सञ्चारमाध्यमबाट सचेतना र जागरणका अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले राजनीतिक परिवर्तनलाई जनताको जीवन परिवर्तनसँग जोड्न यस्ता अभियान आवश्यक रहेको औंल्याउनुभयो ।

‘‘तमाम जनक्रान्तिको फलस्वरुप नेपालमा ठुलो राजनीतिक परिवर्तन आएको छ । लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व आजका हाम्रा ऐतिहासिक उपलब्धि हुन्,’’ उहाँले भन्नुभयो, ‘‘यी उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको आवश्यकता हो । संविधानको मर्मअनुरुप हामीले धेरै जनपक्षीय र प्रगतिशील कानुन बनाएका छौं तर यसको कार्यान्वयनले तीव्रता लिन सकिरहेको छैन ।’’

हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता, पैत्रिक सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्पत्तिमा दम्पत्तिको समान अधिकार, जातीयलगायत विभिन्न खाले सामाजिक छुवाछुतको समूल अन्त्यसहित विभिन्न खाले कुप्रथाबाट नेपाली समाजलाई मुक्त गर्ने सवालमा कानुनमा स्पष्ट व्यवस्था गरेको भए पनि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि यी महत्त्वपूर्ण संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि घरघरमा सचेतनाको आवश्यकता छ । त्यसका लागि रेडियो नेपालसहित आम सञ्चारका माध्यमहरुको प्रभावकारी अभियान आवश्यक छ ।’’

मन्त्री शर्माले विगतका गौरवमय संघर्षहरुको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवम् कृयाशील रहेको स्पष्ट गर्नुभयो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदी ।

सञ्चार मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले रेडियो नेपाल र टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थाका रूपमा विकास गरिने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले सूचनाको हकको प्रत्याभूति गर्ने, सुशासनको पक्षमा अभियान सञ्चालन गर्न तथा शिक्षामूलक, विकासमूलक, जनचेतनामूलक कार्यक्रमलाई रेडियो नेपालले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले मिडियम वेभ, एफएम, अनलाइन र डिजिटल प्लेटर्फममार्फत चौबिसै घण्टा प्रसारण सञ्चालन गरी २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रमसमेत प्रसारण गर्दै आएको बताउनुभयो । उहाँले देशका विभिन्न भूगोलको ३२ स्थानमा एफएम रिलेकेन्द्र स्थापना गरी आफ्नो प्रसारण कूल जनसङ्ख्याको ९३ प्रतिशत जनतामाझ पु¥याउन सफल भएको जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री शर्मा र सञ्चार सचिव सुवेदीले संयुक्त रुपमा रेडियो नेपालले प्रकाशन गरेको विमोचन गर्नुभएको थियो । मन्त्री शर्माले रेडियो प्रसारण तथा सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुराउने महानुभावलाई रेडियो नेपाल राष्ट्रिय सम्मान प्रदान गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group