ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको न्यायाधीश नियुक्तिमा राजनीति छिर्‍यो- सांसद गौतम


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   २ : १९   बजे

काठमाडौं २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा राजनीति छिर्दा न्याय निरुपणमा समस्या आएको बताएकी छन् । अदालतहरूमा समयमा नै न्यायाधीश नियुक्त नगर्दा पूर्पक्षका लागि थुनामा पठाइएकाहरू महिनौंदेखि मुद्दा सुनुवाइको पालो पर्खिइरहेको पनि उनको भनाइ थियो ।

सर्वोच्चको न्यायाधीश नियुक्तिमा राजनीति छिर्‍यो स् सांसद गौतम
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गौतमले सर्वोच्च अदालतमा संविधानको व्यवस्थाअनुसार न्यायाधीश समयमै नियुक्त हुनु नसकेको र त्यसको एकमात्र कारण न्यायालयमा राजनीति छिर्नु रहेको बताइन् । न्यायाधीश नियुक्तिमा सोच्नुपर्ने विषय छ । न्यायाधीश नियुक्तिमा राजनीति छिरायौं,ु उनले भनिन्, ुराजनीति छिरिसकेपछाडि सर्वोच्च अदालतमा एक जना खाली हुनुभयो भने त्यहाँनेर नियुक्ति गर्नुपर्नेमा चार(पाँचजना खाली गराउने पर्खाइमा छौं र भागबण्डा गर्ने पर्खाइमा छौं ।

सांसद गौतमले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका विषयमा संसद् पनि गम्भीर हुनुपर्ने स्थिति आइसकेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइन् । हाल सर्वोच्च अदालतमा दुई न्यायाधीश पद रिक्त छन् । न्यायाधीशको पद रिक्त हुनु एक महिना पहिल्यै नियुक्त सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा पालना भएको छैन ।

यसअघि ७ न्यायाधीश रिक्त रहेको अवस्थामा न्याय परिषद्ले ६ पदमा मात्रै सिफारिस गरेर एक पद रिक्त राखेको थियो । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त हुँदा हाल दुई न्यायाधीश पद रिक्त रहेको हो ।

सांसद गौतमले न्यायालयलाई दिइने बजेटमा पनि वृद्धि गर्नुपर्ने बताएकी छन् । हाल राज्यले न्यायालयलाई दिइरहेको बजेटले न्यायालयबाट धेरै आस गर्नुपर्ने ठाउँ नरहेको उनको भनाइ थियो । पूर्पक्षका लागि थुनामा पठाइएकाहरूको संख्या पनि ठूलो छ । मुद्दामा पालो नआएर बिसौं महिनासम्म जेलमा बसेको पनि हामीले भेट्यौं ।

किन पालो आउँदैन त हामीले यहाँनेर अलिकति दृष्टिगोचर गर्नुपर्ने देखिन्छ,ु उनले भनिन्, ुकसलाई प्रश्न गर्ने रु न्यायालयलाई प्रश्न गर्ने हामीले रु कुन न्यायालयलाई, जसलाई राज्यले कुल बजेटको एक प्रतिशतभन्दा कम बजेट छुट्याउँछ त्यो न्यायालयलाई रु न्यायालयलाई बजेट दिँदै गर्दा सोच्नुपर्ने देखिन्छ ।

त्यस्तै, सांसद गौतमले कारागारमा राखिएकाहरूको न्यूनतम आवश्यकता पनि राज्यले पूरा गर्न नसकेको र त्यहाँ राखिएकाहरूलाई अनुत्पादनशील राखेको बताएकी छन् । सुधार गृहमा पठाइएकाहरूलाई भोलि समाजमा फर्किएर आउँदा पुनर्स्थापना हुने वातावरण कारागारमा राख्नुपर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group