ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा मुख्यमन्त्री शर्माको अडान कायमै, छलफलमा नेताहरू


एबीसी न्यूज
२० चैत्र २०८०, मंगलबार   ३ : ३७   बजे

काठमाडौं २० चैत । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अडान कायमै राखेका छन् ।

प्रदेशको विवाद मिलाउन भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज बिहान मात्रै सुर्खेत पठाएका छन् ।

वीरेन्द्रनगर–७, इत्राममा रहेको मुख्यमन्त्री निवासमा नेता शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री शर्मा सहितका नेताहरू छलफलमा जुटेका छन् ।

बिहान ११ बजेदेखि सुरु भएको छलफल जारी छ । शाहीले मुख्यमन्त्री शर्मालाई केन्द्रीय निर्णय अनुसार राजीनामा दिएर एमालेलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेका छन् । तर, मुख्यमन्त्री शर्माले भने संसदीय प्रक्रियाअनुसार विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा प्रस्ताव दर्ता गराइसकेकाले त्यसबाट पछि नहट्ने अडान दोहोर्‍याउँदै आएको छलफलमा सहभागी एक नेताले बताए ।

‘एक घण्टादेखि मुख्यमन्त्रीज्यूलाई मनाउने प्रयास गरिरहेका छौं । उहाँ टसकिमस हुँनुभएको छैन,’ ती नेताले भने, ‘छलफल जारी छ, हामी जसरी पनि उहाँलाई मनाउँछौं ।’

नेताहरूको छलफल सकिएको केही बेरमै माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । ‘अहिले नेताहरू छलफलमा हुनहुन्छ । छलफल सकिए लगतै दलको बैठक बस्छ,’ प्रमुख सचेतक परियारले भने ।

आन्तरिक छलफलबाट निस्कने निचोडका आधारमा पार्टी अघि बढ्ने उनको भनाइ छ ।

माओवादी केन्द्रका केही नेताले कर्णाली सरकार एमालेलाई दिन नहुने अडान लिए पनि केन्द्रमा शीर्ष नेताहरूबिच एमालेलाई पहिलो चरणको नेतृत्व दिने समझदारी भएको छ ।

प्रदेशमा अध्यक्ष प्रचण्डको निर्देशनविरुद्ध नै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने अडान लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu