काठमाडौ २१ चैत । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस्तै उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसी पनि दोषी ठहर भएका छन् ।
घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेष अदालतले हिजो फैसला सुनाएको हो ।डीएसपी केसीलाई दुईं वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना तथा केसीलाई घुस दिने व्यवसायी जिसीलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएर फिर्ता गर्न १८ लाख रुपैयाँ घुस मागेका थिए ।केसीले ३४ तोलाभन्दा बढी सुन लिएर १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो । यस विषयमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि अनुसन्धान भएको थियो ।खानतलासीका क्रममा केसीको घरबाट ३४ तोलाभन्दा बढी सुन बरामद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्