ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   १ : ०१   बजे

काठमाडौं २१ चैत । दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भेको काम सुरु भएको छ । सर्भेका लागि चीनबाट आवश्यक उपकरणहरु ल्याउनेक्रम जारी छ ।

केही उपकरणहरु अन्वेषणस्थलमा आइपुगेको छ भने केही रुपैडिया भन्सारमै रहेको खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले बताउनुभयो । चीनबाट भारतको कोलकत्ता हुँदै उपकरणहरु नेपालगञ्जको रुपैडिया नाकामा आइपुगेको हो ।

उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ्को सर्भे काम सुरु गरेका छौँ, आवश्यक उपकरणहरु केही आइसकेका छन्, केही भन्सारमै छन्, ल्याउने क्रममा छौँ ।”

ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजना प्रमुख नापितले बताउनुुभयो ।
उहाँका अनुसार ड्रिलिङ सर्भे अन्तिम परिणामसहितको सर्भे भएकाले दैलेखमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने एकिन हुनेछ । साथै कति गहिराइमा पेट्रोलियम पदार्थ छ भन्ने मापन हुने उहाँको भनाइ छ । ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजना प्रमुख नापितले बताउनुुभयो ।

दैलेखमा २०७६ सालदेखि पेट्रोलियम पदार्थको अन्वेषणको काम सुरु भएको थियो। नेपाल र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गत ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ गरी चार वटा सर्भे गरिसकिएको छ ।

यी प्रारम्भिक रुपमा गरिएका सर्भेले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएका थियों । अहिले जलजले क्षेत्र बढी उपयुक्त मानेर यस क्षेत्रमा नै पहिले ड्रिलिङ सर्भे गर्न लागिएको उहाँको भनाइ छ ।

परियोजना प्रमुख नापितले भन्नुभयो, “पहिले गरिएको अध्ययनले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएको थियो, यो धेरै सम्भावना भएको क्षेत्र भएर पहिलो पटक यसमा गर्दैछौँ । यसमा सफलता पाएपछि अन्य ठाउँमा पनि गर्नेछौँ ।”

अध्ययनले चार हजार मिटरभित्र पेट्रोलियम पदार्थ भएको सम्भावनासहितको प्रतिवेदन दिएको उहाँले बताउनुभयो । अब ड्रिलिङ गरिसकेपछि मात्र बास्तविकता थाहा हुने बताइएको छ ।

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग २ अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार कर्णाली राजमार्ग साधुँरो रहेको र ४०–५० फिट लामो उपकरणहरु लैजान ट्रकलाई समस्या भइरहेको छ ।
भैरवी गाउँपालिका –१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी एक लाख ७५ हजारका दरले मुआब्जा दिइ अधिग्रहणको काम भएको छ ।

सडक समस्या

रुपैडिया भन्सारमा रहेका उपकरणहरु सर्भेस्थलसम्म पुगाउन सडकका कारण समस्या भएको छ । परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार कर्णाली राजमार्ग साधुँरो रहेको र ४०–५० फिट लामो उपकरणहरु लैजान ट्रकलाई समस्या भइरहेको छ ।

उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग हुँदै उपकरणहरु दैलेख लग्नुपर्छ, राजमार्ग साँघुरा छन् । घुम्तिमा ४०–५० फिट लामो उपकरण बाकेको ट्रकहरु लैजान नै समस्या भएको छ । केहीबेर अघि मात्र ट्रक पल्टियो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu