ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको सदस्यता नछोड्ने शिक्षकलाई कारबाही गर्ने- शिक्षामन्त्री


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   १ : ३०   बजे

काठमाडौं २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता लिएका शिक्षकलाई कारबाहीको प्रक्रिया सुरू गरेको छ ।

शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था छ । सोही ऐनको आधारमा रहेर मन्त्रालयले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने तयारी गरेको हो ।

शिक्षक राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था कानुनमा रहेको स्मरण गराउँदै शिक्षामन्त्री सुमना श्रेष्ठले दलको सदस्यता नलिन आग्रह समेत गरेकी छन् ।

राजनीति दल सम्बन्धी ऐनमा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्वमा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल’ व्यक्ति पार्टी सदस्य हुन नपाउने व्यवस्था छ ।

उक्त ऐनका आधारमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन पाउँदैनन् । यद्यपी अधिकांश दलका शिक्षक संगठनमा दलको सदस्यता लिएकाहरू छन् ।

शिक्षा ऐन २०२८ मा सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा शिक्षकलाई लगाउन नहुने व्यवस्था छ । तर दलहरूले पार्टी काममा शिक्षकहरूलाई खटाउने गरेका छन् ।

विद्यालयको पठनपाठनमा बाधा नपर्ने गरी राष्ट्रिय जनगणना, निर्वाचन सम्बन्धी काम, प्राकृतिक प्रकोप उद्धारमा भने सरकारले खटाउन सक्ने ऐनमा व्यवस्था छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि दलहरू संघर्षरत रहे पनि उनीहरू प्रतिबन्धित रहेका बेलामा शिक्षकहरू तथा विभिन्न पेशाकर्मीहरूले आफ्नो आवाज बुलन्द गर्न संस्था खोलेका थिए । कालान्तरमा ती दलका स्वार्थ पूरा गर्ने संयन्त्रका रुपमा परिणत हुँदै गए । शिक्षादीक्षामा भन्दा दलीय रुचिअनुसार परिचालित हुन शिक्षकहरू थालेको भन्दै अब लोकतन्त्र स्थापनापछि शिक्षकहरू मूल पेशामै फर्कनुपर्ने मन्त्रालयले भनेको छ ।

यसको पृष्ठभूमि के छ भने, शिक्षण पेशामा आवद्ध व्यक्तिहरुले दलको सदस्यता लिएको उजुरी शिक्षा मन्त्रालयमा परेको छ । दलमा आवद्ध भएका शिक्षकका बारेमा मन्त्रालय उजुरी परेको मन्त्री श्रेष्ठले सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक जानकारी गराएकी थिइन् ।

शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा मन्त्रालयले दलमा जोडिएकाहरूलाई कारबाही गरिने उनले बताइन् । सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिन समेत मन्त्री श्रेष्ठले आह्वान गरेकी छन् ।

शिक्षामा ठूलो लगानी भएपनि प्रतिफल नआउनुको मूल जडो शिक्षामा राजनीतिकरण भएको मन्त्री श्रेष्ठको बुझाइ छ । उनले भनिन्,‘नराम्रो काम गर्नेलाई राजनीतिक प्रश्रय छ । जबसम्म दलीय राजनीतिकरण शिक्षा क्षेत्रबाट हट्दैन । जस्तो सुकै राम्रो भवन बनाउनुस् । राम्रो कार्यक्रम लग्नुस् । त्यसले नतिजा दिंदैन ।’

दल त्यागका लागि मन्त्रालयले केही समय उपलब्ध गराउने भएको छ । आवद्धता हटेको पुष्टि गर्ने अवधिमा पनि सदस्यता त्याग नगरे मन्त्रालयले कारबाही गर्ने तयारी गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीका कार्यमा सघाउने गरी संयोजक तोकिएका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी त्याग गर्न केही समयावधि उपलब्ध गराउने बताए ।

‘दलबाट हटेको पुष्टि गर्नुस् भनेर मन्त्रालयले समयावधि दिन्छ । त्यो अवधिमा पार्टी सदस्यता नछोड्नेलाई कारबाही हुन्छ,’ कार्कीले भने ।

ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका शिक्षक संगठनमा आवद्धहरू मूल पार्टीका सदस्य समेत रहेका छन् । ती संगठनबाट पार्टी महाधिवेशनमा प्रतिनिधि छनोट भएर आएका हुन्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक संघबाट ३ सय बढी प्रतिनिधि सहभागी भएको त्यसबेला शिक्षक संघका पदाधिकारीहरूले दाबी गरेका थिए ।

गत फागुनमा भएको कांग्रेसको महासमिति बैठकमा प्रतिनिधि हुन नपाएपछि शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । शुभेच्छुक संस्थाले विरोध जनाएपछि पार्टीले ३ जना प्रतिनिधि सहभागी गराउने व्यवस्था गरेको थियो ।

एमालेको १०औं महाधिवेशनमा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनबाट पनि प्रतिनिधि सहभागी गराइएको थियो ।

कांग्रेस एमालेकै सिको गरेर शिक्षकलाई पार्टीमा हुल्ने प्रवृत्तिलाई माओवादी केन्द्रले पनि निरन्तरता दिइरहेको छ । माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले पार्टीका सम्मेलनमा प्रतिनिधि पठाउँदै आएको छ ।

कांग्रेसमा यस्तो प्रवृत्ति हटाउनेबारेमा छलफल सुरू भएको छ । शिक्षक संघमा रहेकाहरुको दलीय आवद्धता हटाउन कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा छलफलका लागि विषय प्रवेश गराएका छन् । प्रचलित कानुनले पार्टीमा आबद्धता हुन शिक्षक, सरकारी कर्मचारीलाई रोकेको उल्लेख गर्दै पार्टीमा छलफलका लागि प्रस्ताव राखेको उनले बताए ।

पेसामा संलग्न व्यक्तिहरूलाई पार्टीको सदस्यता प्रदान नगर्ने वा पार्टीमा जिम्मेवारी लिन चाहेमा कानून बमोजिम रित पुर्‍याएपछि सदस्यता दिनुपर्ने प्रस्ताव छलफलका लागि थापाले महासमिति बैठकमा पेश गरेका थिए । यस सन्दर्भमा पार्टीले निर्णय भने लिइसकेको छैन ।

निर्वाचन आयोगले दलीय सदस्यता लिएका शिक्षकलाई कारबाहीको निर्देशन सरकार र दलहरु दिएपनि अटेरी गर्दै आएका छन् । दलीय आवद्धता त्याग नगरेका शिक्षकलाई कारबाही गर्न २०७९ साउनमा आयोगले सरकारलाई पत्र पठाएको थियो ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत तीन वटै तहका सरकारलाई निर्देशन आयोगले दिएको थियो । निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख यज्ञ भट्टराई सरकारलाई नीतिगत निर्णय गरेर निर्देशन दिएको बताउँछन् ।

‘निर्वाचन आयोगले नितिगत निर्णय गरेर नै निर्देशन पनि दिएको छ । त्यो विषयमा अदालतमा पनि मुद्धा परेर अदालतबाट आदेश जारी भएको छ,’ भट्टराईले अनलाइनखबरसँग भने,‘कारबाहीका लागि उजुरी परे हामीले विभागीय मन्त्रालयमा पनि पठाउने गरेका छौं । आयोगमा पनि उजुरी दिन सकिन्छ ।’

संविधान अनुसार विद्यालय शिक्षा स्थानीय तहको मातहत पर्दछन् । दलीय आवद्धता रहेका शिक्षकलाई कारबाहीका लागि तहगत संरचनासँग समन्वय र कुराकानी भइरहेको मन्त्री श्रेष्ठले समिति बैठकमा जानकारी गराइन् । उनले भनिन्, ‘कुन तहकालाई के कारबाही गर्ने हो । तत् निकायसँग समन्वय र कुराकानी सुरू भइसकेको छ ।’

संसद्‌मा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकले दलको सदस्यता लिन नपाउने व्यवस्था छ । ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा शिक्षकले राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था राखिएको छ । शिक्षा ऐनमा सामुदायिक विद्यालयका शिक्षकहरुको पेशागत हक हितको सम्बन्धमा कार्य गर्न ‘नेपाल शिक्षक महासंघ’ रहने व्यवस्था छ । शिक्षक महासंघमा विभिन्न दलसँग जोडिएका शिक्षक सम्वद्ध १४ संगठन छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group