ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते


एबीसी न्यूज
२१ चैत्र २०८०, बुधबार   ३ : ३६   बजे

काठमाडौं २१ चैत । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २८ गते हुने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बुधबार बसेको बैठकमा यही चैत २८ गते उपाध्यक्ष पदको निर्वाचन मिति तोकेका हुन्।

निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई उनले निर्देशन दिएका छन्।

 

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन्।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको अध्यक्षकी दाबेदार उनी दाहाललाई जिम्मेवारी दिइएसँगै असन्तुष्ट थिइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष भाइ नारायण दाहालालई बनाएका थिए।

दाहाल गत फागुन २९ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको अध्यक्ष भइसकेका छन्। त्यसअघि फागुन २० गतेसम्म एमालेबाट गणेशप्रसाद तिमल्सिना राष्ट्रिय सभाको अध्यक्ष थिए।

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। राष्ट्रियसभा उपाध्यक्षका लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu