काठमाडौं, २२ चैत । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ ।विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।कार्डियाक सेन्टरको भवन नजिक एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिए ।
प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्