ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात


एबीसी न्यूज
२२ चैत्र २०८०, बिहिबार   १ : २६   बजे

काठमाडौं २२ चैत । कन्सुलर सेवा विभागले नयाँ मोडयुलको सुरूवात गरेको छ ।   बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको उच्च प्रयोग गरी सफ्टवेयरमा स्तरोन्नति गर्दै बनाइएको नयाँ मोडयुलको शुभारम्भ गरेका हुन् ।

यस मोडयुलबाट विदेशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मिति प्रयोग गरी नेपाली दूतावास वा नियोगको वेबसाइटमार्फत आफ्नो समस्या र गुनासो दर्ता गराउन सक्नेछन् ।

विभागका अनुसार उक्त समस्याको कार्य प्रगतिको बारेमा समेत व्यक्ति स्वयम्‌ले राहदानी नम्बरमार्फत जानकारी पाउन सक्नेछन् । यसको लागि विदेशस्थित नेपाली दूतावास वा नियोगसम्म पुग्नुपर्दैन । यो सेवा प्रयोग गर्नको लागि छुट्टै युजर आइडी, पासवार्ड वा इमेलको आवश्यकता पनि पर्दैन ।

विभागका अनुसार अबदेखि व्यक्ति स्वयम् पुग्नुपर्ने सेवा बाहेक अन्य सेवा प्राप्त गर्न दूतावास जानुपर्दैन । त्यसका साथै आफ्नो समस्या मोडयुलबाट राखिसकेपछि अन्य माध्यमबाट सम्पर्क गर्ने अवाश्यकता समेत नरहेको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu