ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री चौधरी पदबाट राजीनामा दिनुहुँदै


एबीसी न्यूज
२२ चैत्र २०८०, बिहिबार   ३ : २८   बजे

काठमाडौं २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुहुने भएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा गर्न थालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरे पनि सफल हुन नसकेपछि राजीनामाको तयारी गर्नुभएको बुझिएको छ । मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत लिनुभएको थियो ।

मुख्यमन्त्री चौधरी आज बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको छ । सरकारको पक्षमा बहुमत नपुग्ने भएपछि राजीनामा दिने तयारी गर्नुभएको योजना आयोगका उपाध्यक्ष नहकुल केसीले जानकारी दिनुभयो ।

यस विषयमा निर्णय गर्न मुख्यमन्त्री चौधरीले नेपाली काङ्ग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ । मुख्यमन्त्री चौधरीले राजीनामा गर्ने भएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा ९माओवादी केन्द्र० लाई मुख्यमन्त्री दिने सहमति भएको छ । माओवादीले मुख्यमन्त्री पाए माओवादी संसदीय दलका नेता रोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य जोखबहादुर महरा मुख्यमन्त्री बन्नु हुनेछ । नयाँ गठबन्धनको नेतृत्वमा बहुमत पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group