ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीका दुई सीमावर्ती पालिकामा धार्मिक तनाव बढेपछि निषेधाज्ञा


एबीसी न्यूज
२३ चैत्र २०८०, शुक्रबार   १ : ०७   बजे

काठमाडौं २३ चैत । धार्मिक तनाव बढेपछि सुनसरीका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ।  मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं। १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो।

केही दिनयता ती दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडपसमेत हुन थालेपछि सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयँलले शुक्रबार दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मलाई निषेधाज्ञा जारी गरेका हुन्।

 

उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्‍यालीर भेला र प्रदर्शन गर्न निषेध गरिएको जनाएका छन्।

आदेशविपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने पनि उनले बताएका छन्।

समाचार अनुसार गत जनवरी २२ मा भारतको अयोध्यामा भगवान् श्रीरामको मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठाका क्रममा लगाइएका झण्डा र तुलहरू मुस्लिम समुदायले च्यातिदिएको आरोप लागेको छ।

त्यसबारेमा अस्थायी प्रहरी चौकीमा निवेदन दिएको पनि जिकिर हिन्दु समुदायको छ। त्यसपछि दुवै समुदायबीच छलफल भइ सद्वभाव बिग्रिने गतिविधि नगर्ने सहमति भएको थियो।

तर उक्त सहमतिपछि पनि दुवै समुदायबीचको तनाव शान्त भएन। केही युवाहरूमाथि कुटपिट पनि भएको छ। धार्मिक सद्भाव भड्किने गरी बनाइएका केही भिडिओले त्यहाँको वातावरण झनै खल्बल्याएको सुनसरी प्रशासनले जनाएको छ।

मुस्लिम समुदायहरूले हिन्दुहरूका केही युवामाथि आफूहरुको धार्मिक ग्रन्थ कुरान जलाएको आरोपसमेत लगाएका छन्। तर हिन्दु समुदायले भने कुरान नजलाएको भन्दै अफवाह फैल्याइको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group