ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखाबाट जितेका प्रचण्डले सांसदबाट राजीनामा दिनुपर्छ- बाबुराम भट्टराई


एबीसी न्यूज
२३ चैत्र २०८०, शुक्रबार   १ : १५   बजे

काठमाडौं २३ चैत । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको सहयोगमा जितेर धोका दिनु राजनीतिक हिसाबले अनैतिक हुने बताए।

‘प्रचण्डले जुन गठबन्धनबाट चुनाव लड्नुभयो, त्यसलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन’, बिहीबार गोरखाका पत्रकारसँग भट्टराईले भने, ‘उहाँले पूर्वगठबन्धन छाड्ने हो भने जसको सहयोगमा जित्नुभएको छ, उनीहरूलाई धोका दिएको ठहर्छ। त्यस्तो स्थितिमा उहाँले जितेको क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ।’

गोरखा(२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र हो। जहाँ २०७९ को चुनावमा उनले प्रचण्डका लागि छाडिदिएका थिए।

प्रचण्डको राजनीति विचार र मुद्दाका लागि भन्दा सत्ता स्वार्थलाई भएको भट्टराईले बताए। विगतमा पार्टीका मात्रै सत्तामुखी प्रचण्ड अहिले राज्यको सत्तामुखी बनेको आरोप पनि भट्टराईले लगाएका छन्।

‘विगतको मेरो सहकार्यले के देखाउँछ भने उहाँ पार्टीको असाध्यै सत्तामुखी मान्छे, अब राज्यको सत्तामुखी देखिन थाल्नुभयोु, उनले भने, ुउहाँले के गर्नुहुन्छ भनेर पहिले अनुमान गर्न गाह्रो छ। सत्ता र शक्तिमा टिकिरहनका लागि जे पनि गर्न सक्नुहुन्छ।’

प्रचण्डले प्रधानमन्त्रीको कुर्सीलाई केन्द्रमा राखेर गठबन्धन फेरिरहने गरेको आरोप पनि भट्टराईले लगाएका छन्।

उनले पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सरकारबारे कुरा गर्दै माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने बताए। कसलाई सहयोग गर्ने भन्ने आवश्यकताका आधारमा निर्णय हुने भट्टराईले जानकारी दिए।

‘अहिलेसम्म माओवादीले हामीलाई षड्यन्त्रपूर्वक धोका दिने काम गरेको छ। उसका गतिविधि अलोकतान्त्रिक देखिएका छन्, त्यसैले तत्काल उनीहरूलाई साथ दिन सकिँदैन।’

गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनलाई सहयोग नगरे गठबन्धन बाहिर बहुमत पुग्ने अवस्था छ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन आह्वान भएको छ।

नयाँ सरकार गठनका लागि कांग्रेसलाई सहयोग गर्ने वा नगर्ने पनि निर्णय भइनसकेको भट्टराईले बताए।

‘अर्को पक्षसँग पनि हाम्रो कुरा मिल्छ मिल्दैन टुङ्गो छैनु, उनले भने, ुत्यसैले केही समय पर्ख र हेरमा छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group