ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा फेरि माओवादी अडानले अड्कियो हलो


एबीसी न्यूज
२३ चैत्र २०८०, शुक्रबार   १ : ५९   बजे

काठमाडौं २३ चैत । कर्णाली प्रदेश सरकार गठनमा समस्या देखिएको छ। सत्ता गठबन्धनका दल नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय भागबन्डाका विषयमा सहमति नजुट्दा सरकार गठनमा ढिलाइ भएको हो।

त्यसो त केन्द्रीय सत्ता गठबन्धनले प्रदेश भागबन्डा लगाउँदा कर्णाली प्रदेश नेकपा एमालेको भागमा परेको छ। सोही कारण माओवादी केन्द्रबाट कर्णालीमा मुख्यमन्त्री रहेका राजकुमार शर्माले बुधबार राजीनामा पनि दिइसकेका छन्।

तर पार्टीका उपमहासचिव जनार्दन शर्माको साथ पाएका उनी राजीनामा दिन मानिरहेका थिएनन्। उनले जसरी पनि प्रदेश सभाबाट विश्वासको मत लिने र त्यसपछि मात्रै राजीनामा दिने अडान लिएका थिए। तर, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कारबाहीको चेतावनी दिएपछि उनी आफ्नो अडानबाट पछि हट्न बाध्य भएका थिए।

 

राजीनामापछि अहिले शर्मा मन्त्रालयलगायत विषयमा एमालेसँग बार्गेनिङतर्फ उन्मुख देखिएका छन्। सत्ता साझेदार माओवादीले अड्को थापेपछि शर्माले मुख्यमन्त्री पदबाट राजीनामा दिएको दुई दिनसम्म पनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन।

एमालेसँग माओवादीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली इन्चार्ज कालीबहादुर मल्ल र शर्माले चारवटा मन्त्रालय माग गरिरहेका छन्। यस्तै माओवादीले सभामुख पनि आफूले पाउनुपर्ने दाबी गरिहरेको छ।

बिहीबार दिउँसो माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भए पनि ठोस सहमति नभएको मओवादीका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए।

उनले भने, ‘कँडेलले मुख्यमन्त्रीको दाबी पेस गरौँ, त्यसपछि मन्त्रालयको हकमा छलफल गरौँला भन्नुहुन्छ। तर, हाम्रो भनाइ प्याकेजमै सबै टुंग्याऊँ भन्ने रहेकाले नमिलेको हो। शुक्रबारसम्म मिल्छ।’

यस्तै बिहीबार साँझ निवर्तमान मुख्यमन्त्री शर्माको सरकारी निवासमा बसेको माओवादी संसदीय दलको बैठकले सरकार गठनका विषयमा बाँकी सम्पूर्ण जिम्मेवारी दल नेता शर्मालाई दिने निर्णय गरेको छ।

माओवादी स्रोतका अनुसार मुख्यमन्त्री दाबी पेस गर्नुअगाडि नै सभामुखले राजीनामा दिनुपर्ने अडान माओवादीको छ।

स्रोतका अनुसार माओवादीले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, ऊर्जा विकास तथा जलस्रोत, सामाजिक विकास वा उद्योग पर्यटन तथा वन मन्त्रालय माग गरिरहेको छ।

यता नेकपा एमालेले हालसम्म दलभित्र सरकार गठनका विषयमा अनौपचारिक छलफल भए पनि कुनै निर्णय गरिसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group