ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाद्वारा गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   ११ : २४   बजे

काठमाडौं २७ चैत । नेपाली सेनाले आज मङ्गलवार ० बाट दोस्रो ऐतिहासिक गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताउनु भयो ।

गोरखा – जितगढी यात्रामा नेपाली सेनाको अधिकृतको कमान्डमा ४८ जना सेना सहभागी भएका छन् । पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेको ५ पल्टन कालीबक्स, सबुज, श्रीनाथ, बर्दबाणी र पुरानो गोरख र जितगढीको लडाइँमा भाग लिएका गुरु बक्स पल्टनका टोली सहभागी हुन्छन्, ‘उहाँले भन्नु भयो, आ आफ्नो पल्टनको झन्डासहित उनीहरू यात्रामा निस्किएका हुन् ।’

गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढी पुगेर विजय उत्सवमा सहभागी हुन्छन् ।

रिपुमर्दन गणका गणपति क्षेत्रीका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी बिच भएको लडाइँमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सको रूपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गरिएको बताइएको छ । आज मङ्गलवारबाट एक कार्यक्रम गरी गोरखा दरबारबाट पदयात्रा सुरु भएको गणपति क्षेत्रीले बताउनुभयो ।

नेपाली सेनाले ११ दिनको दिनमा जितगढीसम्मको २ सय ७ किलोमिटर दूरी पार गर्ने उहाँले जानकारी दिनुभयो । यो यात्राले गोरखादेखि जितगढी सम्म पर्यटन प्रबन्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । गोरखाको पर्यटन प्रवद्धर्नमा एकीकरण पदयात्राले समग्र गोरखालाई फाइदा हुने भएकाले स्थानीय तहहरूले सहजीकरण गरेको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितमा बिदाइ गरिने भएको छ । गोरखा – जितगढी यात्रालाई सफल बनाउन गोरखामा रहेका ११ वटै स्थानीय तहसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको रिपुमर्दन गण गोरखाले जनाएको छ ।

गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ पाल्पा हुँदै जितगढी पुगेर समापन हुने रिपुमर्दन गणका गणपति क्षेत्रीले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि पश्चिम पृतनापति उपरथी सन्तोष वल्लभ पौडेल र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले संयुक्त रूपमा झन्डा हस्तान्तरण गरी एकीकरण पदयात्रा टोलीलाई गोरखाबाट बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group