ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकामा अटिजमको समस्या बढ्दो


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   ११ : ३८   बजे

काठमाडौं २७ चैत । पछिल्लो समय बालबालिकामा मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजमको समस्या धेरै देखिन थालेको छ । अटिजम समस्या बारेमा धेरै अभिभावकलाई जानकारी नै नरहेको अवस्थामा अटिजम पीडित बालबालिकाको स्याहारसुसार र हुर्काइ चुनौती बनेको हो । नेपालमा नौलो र फरक स्वास्थ्य समस्या भएकोले पहिचानमा समस्या देखिएको छ ।

हेटौँडा–४ हुप्रचौर क्षेत्रमा बसोबास गर्दै आउनुभएकी अस्मिता कालिकाको छोरा डेढ वर्षसम्म सामान्य थिए । पछि बोलाउँदा कान नसुनेको जस्तो, एकोहोरो र अन्य बालबालिकासँग घुलमिल हुन छाडे । छोरा कम बोल्न थालेपछि चिन्तामा पर्नुभएको अभिभावकले काठमाडौँको कान्ति बाल अस्पतालमा देखाउँदा अटिजम बनेर चिकित्सकले भनेपछि मात्रै अटिजम बारे उहाँलाई थाहा भएको हो । ‘अटिजम बारे मलाई थाहा थिएन, धेरै ठाउँमा लगेर छोरालाई देखाए, पछि कान्ति बाल अस्पतालमा देखाएपछि मात्रै छोरालाई अटिजम भएको थाहा पाए’– अभिभावकले भन्नुभयो । बच्चाले दोहोरो कुरा नगरे, अन्य बालबच्चा सँग घुलमिल नभए वा एउटै कुरा बारम्बार दोर्याए अटिजमको सङ्केत हुनसक्ने उहाँको भनाइ छ । अटिजमबारे धेरै अभिभावकलाई जनचेतना नभएकाले मकवानपुरमा दक्ष जनशक्ति उत्पादन र अटिजम सम्बन्धी जानकारी दिनका लागि उहाँले काठमाडौँ यूनिभसिटिमा अहिले अटिजम सम्बन्धी विशेष कोर्ष गर्दै हुनुहुन्छ ।

त्यस्तै हेटौँडा–४ कमलडाँडा निवासी उमा कुमारी पौडेलको छोराले बोलाउँदा फर्केर नहेर्ने भए । छोराले फरक व्यवहार देखाएपछि काठमाडौँको कान्ति बाल अस्पतालमा देखाउँदा चिकित्सकले अटिजम भएको बताएपछि उहाँ हेटौँडा फर्किनुभयो । बच्चाले बेलाबेला बिर्सने, बोल्न छाड्ने समस्या भएपछि छोराको उपचारका लागि उहाँ दिल्ली सम्म पुग्नुभयो । बच्चालाई अटिजम भएको मान्न तयार नहुनुभएकी पौडेलले अटिजम सम्बन्धी तालिम लिएपछि मात्रै बच्चालाई अटिजम भएको स्विकार्नुभएको हो ।

त्यस्तै हेटौँडाकी निस्ला श्रेष्ठको छोरा १६ महिनाको हुँदा फर्केर नहेर्ने भएपछि चिन्तामा पर्नुभयो । टोलमा छिमेकीले दुई वर्षपछि बच्चा बोल्छ भनेपछि कुरेकी श्रेष्ठले काठमाडौँमा चिकित्सकलाई देखाएपछि मात्रै अटिजम बारे थाहा पाउनुभयो । बच्चालाई अटिजम भएको थाहा भएपछि चिन्तामा पर्नुभएकी अभिभावक श्रेष्ठले अटिजम केयर नेपाल मार्फत तालिम लिएपछि मात्रै अटिजमबारे पूर्ण जानकार भएको बताउनुभयो । समाजमा घुलमिल हुन अप्ठेरो जस्तो भएपछि उहाँ काठमाडौँमा बसेर बच्चाको शिक्षा र उपचार थेरापी गराउन थाल्नुभयो । लकडाउनको समयमा बच्चालाई पुरा समय दिएर बस्न थालेपछि बल्ल अटिजमबारे बुझ्न सफल भएको उहाँको भनाइ छ ।

अटिजम भएका बच्चाले आँखा नजुधाउने, एकान्त मन पराउने, आफ्नै सुरमा एक्लै खेल्ने, घुलमिल हुन नचाहने, अरूको कुरा बुझ्न नसक्ने, बोलेर अभिव्यक्त गर्न नसक्ने हुन्छ । उनीहरू बोले पनि नबुझिने र सामान्य काम गर्न समेत अरूको मद्दत चाहिने हुन्छ । अटिजम भएका बालबालिकालाई विशेष हेरचाहसँगै शारीरिक थेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, बाल मनोपरामर्शसँगै र बाल रोग विशेषज्ञको नियमित सेवा र परामर्श आवश्यक पर्छ । जिनमा परिवर्तन आएर स्नायु प्रणालीको सहज रूपमा विकास नहुनु, गर्भावस्थामा जथाभाबी औषधी खानु, प्रसवको बेलामा शिशुलाई आघात पर्नु, जन्मिदा दिमागमा अक्सिजनको मात्रा कम हुँदा स्वध्यान केन्द्रित मानसिक अवस्थाको समस्या आउने गरेको चिकित्सकको भनाइ छ ।

तीन जना अटिजम अभिभावक मिलेर २०७८ सालमा हेटौँडामा सेन्टर फर अटिजम मकवानपुर संस्थाको सुरुवात गर्नुभएको हो । तीन जना अटिजम बालकबाट सुरु गरिएको संस्थामा हाल मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरभित्रका २४ जना बालबालिका रहनुभएको छ । यहाँबाट चार जना मन्टेश्वरी र विद्यालयमा अध्ययन गर्न जानुभएको छ । अटिजम अभिभावकले आफैँ आर्थिक स्रोत जुटाएर संस्था चलाउँदै आउनुभएको छ ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार बागमती प्रदेशको १३ जिल्लामा एक हजार २५३ जनामा अटिजम भएको तथ्याङ्क छ । प्रदेशमा अटिजम भएका सबैभन्दा बढी काठमाडौँमा ४९५ र चितवनमा ११३ जना रहेको छ । ललितपुरमा ८३, भक्तपुरमा ७८, मकवानपुरमा ७७, काभ्रेपलान्चोकमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुली जिल्लामा ६५÷६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३, रामेछापमा २८ जना, रसुवामा १७ जना अटिजम भएको पाइएको छ ।

जनगणना अनुसार नेपालमा दुई हजार ६२८ जना महिलासहित चार हजार ८८६ जनामा अटिजम भएको छ । भौगोलिक अवस्था अनुसार हिमालमा २१० महिलासहित ३२८ जना, पहाडमा एक हजार १५० जना महिलासहित दुई हजार २२९ जना र मधेसमा एक हजार २६८ महिलासहित दुई २२९ जनामा अटिजम भएको तथ्याङ्क छ ।

सन् २०२३ को नयाँ तथ्याङ्क अनुसार ३६ जना बच्चामध्ये एक जनालाई अटिजम भएको तथ्याङ्क छ । भारतमा आठ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा दुई लाख मानिसहरूलाई अटिजम भएको अनुमान गरिएको छ । नेपालमा पनि तीन लाख जनसङ्ख्यामा कुनै न कुनै रूपमा अटिजमको समस्या रहेको उल्लेख छ । अटिजमलाई एक जटिल प्रकारको मस्तिष्कको विकासात्मक तथा जन्मजात अपाङ्गता मानिन्छ । शारीरिक रूपमा अपाङ्गता स्पष्ट नहुने र व्यावहारिक रूपमा मात्र चिनिने भएकोले यो अवस्था सानो उमेरमा पत्ता लगाउन समस्या हुने गरेको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group