ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली कोरिडोर बजेट अभावमा योजना सुस्त


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   २ : २०   बजे

काठमाडौं २७ चैत । नेपाल(भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली कोरिडोरको काम बजेट अभावले सुस्त भएको छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने कोरिडोर अन्तर्गत साना र ठुला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो ।

महाकाली कोरिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयले बजेट अभावका कारण काम सकेरपनि रकम भुक्तानी गर्न नसकेको जनाएको छ । कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले गत माघको अन्तिम सातादेखि बजेट अभावले काम प्रभावित भएको बताउनुभयो । चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको २९ करोड ६५ लाख बजेट गत माघमै सकिएको प्रमुख जोशीले जानकारी दिनुभयो ।

“गत वर्ष ४० करोड बजेट हुँदा पनि त्यो सकिने बित्तिकै तत्काल माथिबाट बजेट थप भएको थियो,” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा बजेट कम थियो, त्यसमाथि पनि बजेट माग गर्दा आएको छैन ।”

उहाँले योजनाका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको बताउनुभयो । माघ महिनायता निर्माण कम्पनीहरूले काम गरेबापतको १६ करोड रकम भुक्तानी बाँकी रहेको प्रमुख जोशीले बताउनुभयो । उहाँले माथिबाट बजेट आउने सुनिश्चितता नभएको बताउनुभयो । तीन सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली कोरिडोर अन्तर्गत दार्चुलाको तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ ।

त्यसै गरी दुई सय ४५ किलोमिटर कोरिडोरको ट्रयाक खुलिसकेको प्रमुख जोशीले जानकारी दिनुभयो । “ट्रयाक खुलाउने, सडक स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने कामहरू एक साथ अघि बढेको छ,” जोशीले भन्नुभयो, “कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पर्ने ११ किलोमिटर ट्र्याक मात्रै खुलेको छ । त्यहाँ सडक चौडा गर्ने अरू संरचना निर्माण बाँकी छ ।”

कोरिडोर योजनाअन्तर्गत डडेलधुरामा ५८ किलोमिटर, बैतडीमा एक सय ४४ र दार्चुलामा सेनाले निर्माण गरिरहेको बाहेक एक सय २१ किलोमिटर सडक पर्छ ।

२०६५र६६ सालमा दार्चुला(तिङ्कर सडक योजनाबाट सुरु भएको कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणासहित २०७७र७८ सालमा कञ्चनपुरसम्म जोडिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले कोरिडोरको काम बजेट अभावले प्रभावित हुनु दुखद भएको बताउनुभयो ।

“त्रिदेशीय नाकाका रूपमा अघि बढेको योजनालाई थप सहयोग गर्न महाकाली नदीमा चार लेनको पुल बनिसक्यो,” मल्लले भन्नुभयो, “रणनीतिक रूपले महत्त्व बोकेको कोरिडोरको बजेट अभावको विषयमा सरकारको ध्यान जानुपर्छ ।” उहाँले पुलसँगै दोधारा चाँदनी सुख्खा बन्दरगाहको काम पनि तत्काल अघि बढ्नुपर्ने बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu