ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम अध्यक्षको मान्यता पाउन सर्वोच्चमा, अन्तरिमबारे चैत ३० मा छलफल


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   २ : ४९   बजे

काठमाडौं २७ चैत । नागरिक उन्मुक्ति पार्टी नाउपा०को अध्यक्षका रूपमा निर्वाचन आयोगले मान्यता नदिएको मुद्दामा सर्वोच्च अदाललते अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई झिकाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजालसले आइतबार उक्त मुद्दाको सुनुवाइ गर्दै अन्तरिम आदेश दिने नदिने निर्णय लिन दुवै पक्षलाई झिकाएको हो।

‘यसमा के कसो भएको होरु निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने होरु माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सवुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं।

१ को हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत् तथा अन्य विपक्षीको हकमा आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत् लिखितजवाफ पेश गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखितजवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नू’, सर्वोच्चले आदेशमा भनेको छ।

 

रेशमले निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश मागेको हकमा दुवै पक्षलाई राखेर छलफल गर्नु उपयुक्त हुने जनाएको छ।

‘निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने देखिँदा चैत ३० गते अन्तरिम आदेश छलफल हुने मिति तोकी विपक्षीलाई त्यसको जानकारी दिनू’, सर्वोच्चले भनेको छ।

निर्वाचन आयोगले गत फागुन २४ गते रेशमलाई नाउपाको केन्द्रीय अध्यक्षको मान्यता नदिने गरी गरेको निर्णयको सक्कलै प्रति झिकाउन पनि भनेको छ।

‘निर्वाचन आयोगबाट फागुन २४ मा भएको निर्णय र त्यससँग सम्बन्धित कागजात भएको सक्कल फाइल पेशीका दिन लिईरआउनु भनी विपक्षी निर्वाचन आयोगमा लेखी पठाउनू’, सर्वोच्चले भनेको छ।

गत पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनबाट रेशम अध्यक्षमा निर्वाचित भएका थिए। उनले त्यसपछि महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति अद्यावधिक गराउन माघ २९ मा आयोगमा पत्र पठाएका थिए। तर आयोगले रेशमलाई अध्यक्षको मान्यता दिएको थिएन।

‘राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम ९६० बमोजिम नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दलको साविकको विवरण नै कायम रहेको’ ठहर गर्दै आयोगले भनेको थियो, ‘विधान संशोधनको अभिलेख अद्यावधिक गर्न मिलेन।’

आयोगको निर्णयसँगै रञ्जिता श्रेष्ठ नै नागरिक उन्मुक्तिकी अध्यक्ष कायम भएकी छन्।

त्यसैगरी सर्वोच्चले रेशमलाई नाउपाको अध्यक्षका रुपमा कायमै रहन दिने वा नदिने निर्णयका लागि टीकापुर हत्याकाण्डबारे भएको फैसलाको मिसिल पनि झिकाउन भनेको छ।

‘यस अदालतबाट २०८० जेठ २ गते फैसला भएको ०७७(सीआर(१०७५ को कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको मिसिल यस अदालतको अभिलेख शाखाबाट मिसिल अवलोकनार्थ पेशीका दिन पेश गर्नू’, सर्वोच्चले भनेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group