ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा खैरो हेरोइन सप्लाई आरोपमा ७२ वर्षीय वृद्धसहित १० जना पक्राउ


एबीसी न्यूज
२८ चैत्र २०८०, बुधबार   ३ : २०   बजे

काठमाडौं २८ चैत । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।

विभिन्न ठाउँबाट पक्राउ परेकाहरुलाई ब्यूरोको टोलीले बुधबार सार्वजनिक गरेको छ । जसमा ७२ वर्षीय वृद्ध समेत रहेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ का ७२ वर्षीय प्रमानन्द मेहतालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ बाट २० चैतमा पक्राउ गरेको छ ।

७२ वर्षीय मेहता काठमाडौंलाई केन्द्रमा बनाएर लागु औषध खैरो हेरोइन कारोबार गर्ने मुख्य व्यक्ति रहेको ब्यूरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए । उनीसँग लागु औषध किन्दै गरेको अवस्थमा बुढानिलकण्ठका ३६ वर्षीय विकास कार्की समेत पक्राउ परेका थिए । उनीहरुबाट ७२ ग्राम खैरो हेराइन बरामद भएको थियो ।

ब्यूरोको टोलीले १९ चैतमा काठमाडौं महानगरपालिका–१६ बाट मोरङको उर्लाबारी नगरपालिका–३ का ३४ वर्षीय नवीन धिताललाई १४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

२१ चैतमा भारतीय नागरिक विकास कुमारलाई १५ गा्रम ५०० मिलिग्राम खैरो हेरोइनसहित ब्यूरोले पक्राउ गरेको थियो । त्यसैगरी चाबहिलबाट धरानका २६ वर्षीय सञ्जय लिम्बू र मोरङका विकास मण्डल २४ ग्राम ८५० मिलिग्रामसहित खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

भारत सितामणका २६ वर्षीय धिरज कुमार, सिरहाको मिचैर्याका धिरजकुमार साह, सिरहाकै २५ वर्षीइ सुरेश तामाङ र रामेछापका २५ वर्षीय छिरिङ तामाङलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए ।

पक्राउ परेका सबैविरुद्ध लागु औषध सम्बन्धीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu