ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएस पहिलो चरणको नतिजा सार्वजनिक, छ हजार ३२१ उत्तीर्ण


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   १२ : ४४   बजे

काठमाडौं २९ चैत । रोजगार अनुमति प्रणाली इपिएस० अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणमा परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएकामा छ हजार ३२१ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । बाँकी १० हजार ७९ जना छनोटका लागि भाषा परीक्षा सञ्चालन हुन बाँकी रहेको छ ।

सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । पहिलो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग ९एचआरडी० ले मङ्गलबार राति गरेको जनाइएको छ । एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ ।

सो शाखाका पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको दोस्रो चरणको सिप परीक्षण भने आउँदो वैशाख ९ देखि १५ सम्म सञ्चालन गरिने छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सञ्चालन गरिने सिप परीक्षामा सहभागी परीक्षार्थीले साथमा राहदानी, प्रवेशपत्र अनिवार्य लिएर आउनुपर्ने सो शाखाले जनाएको छ । सो शाखाका अनुसार तोकेको मिति, समय र स्थानमा सिप परीक्षामा सहभागी नहुने परीक्षार्थीलाई भाषा परीक्षा उत्तीर्ण भएको रोस्टमबाट हटाइने छ । इपिएस शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रक्रियामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने सो शाखाकी निर्देशक मैया कँडेलले जानकारी दिनुभयो ।

उहाँले भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकामा १६ हजार चार सय छनोट गरेर पठाउने योजना रहेको बताउनुभयो । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ । कोरियाले रोस्टरमा रहेका युवालाई त्रैमासिक रूपमा छनोट गर्ने गरेका कारण हाल पास भएका युवालाई यो वर्ष दोस्रो छनोट तालिकाभित्र पार्ने योजना नेपालको छ ।

दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ सालमा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकामा २०२४ सालको हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् । अन्य देशको तुलनामा नेपाली कम अवैधानिक बस्ने र मेहनती भएको बताउँदै कोरियाले यो वर्षका लागि निर्धारण गरेको १५ हजार कोटामा १३।२ प्रतिशत थप गरेर १६ हजार चार सय बनाएको छ ।

यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतको वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ । कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो श्रमिक लैजान हाल रोस्टरमा रहेकाको क्षेत्र परिवर्तन गरेर लैजाने योजना बनाएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu