ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्षोल्लासका साथ मनाइँदै इद


एबीसी न्यूज
२९ चैत्र २०८०, बिहिबार   १२ : ४९   बजे

काठमाडौं २९ चैत । सुनसरीका इस्लाम धर्मावलम्बीहरूले इद(उल(फित्र ९इद० पर्व हर्षोल्लासका साथ मनाएका छन् । एक महिनासम्म कठोर उपवास सहितको रमजानको महिनाको अन्तिम दिन रोजा सम्पन्न गर्दै बिहीबार इद(उल(फित्र ९इद० पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिनाको चन्द्रमा हेरेर इद–उल–फित्र मनाइन्छ । इनरुवा १० जल्पापुर र इनरुपा ९ बबियास्थित इदगाहमा गएर इनरुवाका इस्लाम धर्मावलम्बीहरूले सामूहिक नमाज ९प्रार्थना० गर्नुका साथै एकआपसमा अँगालो मारेर इदमुबारक ९बधाई तथा शुभकामना० साटासाट गरि इद(उल(फित्र ९इद० पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

भोक्राहा नरसिंह ८ को सोनयाही, भोक्राहा ४ जामिया इस्लामिया इदगाहा, सुनसरी खोला इदगाहा, हरिनगर गाउँपालिकाको भुटाहा, घुस्की, कोशी गाउँपालिकाको श्रीपुर, पश्चिम कुशाहा, दुहवीको सोनापुर, इटहरीका खनार, गढीको मधेली, देवानगञ्ज गाउँपालिकाको देवानगञ्ज, बर्जु गाउँपालिका ५ को अमाहिबेलाहा सहितका दर्जन बढी इदाहामा हजारौको संख्यामा इस्लाम धर्मालम्बीहरुले प्राथना सहित शुभकामना साटासाट गरेर इद(उल(फित्र ९इद० पर्व हर्षोल्लासका साथ मनाएको मुस्लिम समुदायका पत्रकार अजमल अंसारीले जानकारी दिनुभयो ।

अन्सारीका अनुसार गत फागुन २८ देखि सुरु भएको रमजानको एक महिनासम्म यो पर्वमा मुसलमान समुदायहरुले दिनमा निराहार बसेको र विहीबार इद(उल(फित्र ९इद० पर्व हर्षोल्लासका साथ मनाएका छन् । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल खाने प्रचलन छ ।

यसैबीच इद(उल(फित्र ९इद० पर्वको अवसरमा हिन्दु युवाहरुले सुनसरीको हरिनगर गाउँपालिका स्थित भुटाहा बजारमा खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गरेका छन् । इदाहामा प्रथना गर्न आएकाहरुलाई खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गर्दै पर्वको शुभकामना साटासाट गरेका छन् । एक धर्मले अर्को धर्मको सम्मान गर्नुलाई नै धार्मिक एकता, सामाजिक सद्भाव र भाईचारा मानिने भएकाले खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गरेको हिन्दु युवाहरुले बताएका छन् । यो दुवै धर्मलाई सार्थक सन्देश सिकाएको छ । धर्मको नाममा अतिवादीको दल–दलमा फसेर एकले अर्काको आलोचना र विरोध गर्नुभन्दा आपसमा मिलेर अगाडी बढ्न सन्देश दिनु नै पुन्यको काम भएको स्थानीयहरुले बताएका छन् ।

उता हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पवित्र रमजान महिना हामी हाम्रो माझबाट बिदा गर्ने र एक महिनाको लामो व्रत अर्थात् रोजा बस्न अवसर पाएकोमा अत्यन्तै खुशी भएको बताउनुभएको छ । उहाँले केही दिन अघि भएको घटनाले हरिनगरमा तनाव भएको भएपनि अहिले हर्सोल्लासका साथ इद(उल(फित्र ९इद० पर्व मनाएको जानकारी दिनुहुदै शुभकामना दिनुभएको छ । अंसारीले रमदानको महिना तथा इद(उल(फित्र अर्थात् रोजा पर्वको शुभ अवसरमा देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu